PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश प्रमुख र प्रदेश मुकाम तीन दिनभित्रै तोकिनेछ: प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

प्रदेश प्रमुख र प्रदेश मुकाम तीन दिनभित्रै तोकिनेछ: प्रधानमन्त्री देउवा
फोटो: कमल साउद

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बताएका छन्। कैलालीको गोदावरीमा बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब दलीय सहमति नभए पनि प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने बताए। 

देउवाले यसअघि प्रदेश प्रमुख र प्रदेश अस्थायी मुकामका लागि दलीय सहमति खोज्न सर्वदलीय बैठकसमेत राखेका थिए। दलहरुले यसबारे सुझाव नदिएपछि सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको प्रधानमन्त्री देउवाको भनाइ रहेको छ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिन आफुलाई समस्या नरहेको बताए। राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट छाड्ने देउवाले स्पष्ट पारे।

राष्ट्रिय सभा सदस्य निर्वाचन बाँकी रहेको उल्लेख गर्दै उनले संविधानको मर्म र भावना नबुझेर सत्ता हस्तान्तरण गर्नुको अर्थ नभएको प्रष्ट्याए। कार्यक्रमा प्रधानमन्त्री देउवाले सात नम्बर प्रदेशको मुकाम तोक्न समस्या भएको समेत उल्लेख गरे। मेलाको उद्घाटनपछि देउवा राजधानी फर्केका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell