PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

२८औँ राष्ट्रिय पुरुष फुटबल : ८ टिम सहभागी, जम्मा ७ खेल हुने



पहिलोपोस्ट

२८औँ राष्ट्रिय पुरुष फुटबल : ८ टिम सहभागी, जम्मा ७ खेल हुने

काठमाडौं : राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले २८औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आगामी माघ २ देखि ६ गतेसम्म सञ्चालन गर्ने भएको छ।

पाँच दिन चल्ने प्रतियोगिताका खेलहरु अरनीको खेल मैदान तुलसीपुर दाङ र भरतपुर खेल मैदान घोराही दाङमा हुने एन्फाले जनाएको छ।

प्रतियोगितामा तीन विभागीय र पाँच विकास क्षेत्र गरी कूल ८ टोलीको सहभागिता रहेको छ।

सिधै नकआउटकाआधारमा हुने प्रतियोगितामा पहिलो खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छन्।

यसरी हेर्दा ८ टोली सहभागि प्रतियोगितामा फाइनल समेत गरी जम्मा ७ खेल हुनेछ। पहिलो चरणका खेल जित्ने ४ टिम सेमिफाइनलम प्रवेश गर्नेछन्।

उद्घाटन खेल माघ २ गते मध्यपश्चिम क्षेत्रिय टिम र सशस्त्र प्रहरी बलको एपीएफ बीच हुनेछ। २ गते नै मध्यमाञ्चल र सुदूरपश्चिम क्षेत्रिय टिमबीच प्रतिस्पर्धा हुनेछ।

मध्यपश्चिम र एपीएफबीचको विजेताले सेमिफाइनलमा नेपाल पुलिस र पश्चिमात्र्चल क्षेत्रिय टिमबीचको विजेतासँग खेल्नेछ। मध्यमाञ्चल र सुदूर पश्चिमबीचको खेलको विजेताले पूर्वाञ्चल आर्मीबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।

प्रतियोगिताका लागि प्रत्येक टिमले १८ खेलाडी दर्ता गर्न सकिने एन्फाले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell