PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेसलाई बैठकभन्दा मनोवैज्ञानिक उद्दारको खाँचो छ: प्रवक्ता शर्मा



पहिलोपोस्ट

कांग्रेसलाई बैठकभन्दा मनोवैज्ञानिक उद्दारको खाँचो छ: प्रवक्ता शर्मा

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई अहिले बैठकभन्दा पनि राहतको खाँचो रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा शर्माले पार्टी भूकम्पले भत्काएका गाउँसहरजस्तै भएको उल्लेख गर्दै भने, 'अहिले पार्टीलाई पुनर्जीवनको आवश्यकता छ। जसरी भूकम्पपछि मानवीय क्षति के भए भनेर खोजिन्छ त्यसरी नै कांग्रेसमा मानवीय उद्दारको आवश्यकता छ।'

कांग्रेस २ महिनासम्म यस्तै मानवीय कार्य अर्थात मनोवैज्ञानिक उद्दारमा लाग्ने उनले बताए। उनले भने, 'अबको दुइ महिना कांग्रेस देशभर  पार्टीको मनोवैज्ञानिक उद्दारमा लाग्नेछ।'

कांग्रेस केन्द्रीय समितिको बैठकबारे सोधिएको प्रश्नमा प्रवक्ता शर्माले भने, 'कांग्रेस रुपान्तरको प्रक्रियामा छ। कांग्रेसको आगामी बैठकले केन्द्रीय समितिको बैठकको मिति तय गर्नेछ।' 

प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पारे। 

पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउन गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताउँदै उनले भने, “पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्छ। ” 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell