PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बार्सिलोना पुगेका पहिलो कोलोम्वियन खेलाडी, जो खाली खुट्टै मैदानमा आए



पहिलोपोस्ट

बार्सिलोना पुगेका पहिलो कोलोम्वियन खेलाडी, जो खाली खुट्टै मैदानमा आए

स्पानिस जायन्ट बार्सिलोनाले सिजनको दोस्रो खेलाडीका रुपमा कोलोम्वियन खेलाडी येरी मिनालाई क्लब भित्र्याएको छ।

बार्सिलनाले २३ वर्षीय मिनालाई ब्राजिलियन क्लब पाल्मेररियसबाट ११.८ मिलयन पाउण्डमा अनुबन्ध गरेको हो। अग्ला कदका डिफेण्डरसँग बार्सिलोनाले साढे ५ वर्षको सम्झौता गरेको छ।

यसअघि बार्सिलोनाले लिभरपुलबाट फिलिम काउटिन्होलाई भित्र्याइसकेको छ।

पहिलो पटक बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा प्रस्तुत हुने क्रममा सेन्टर ब्याक मिनाले सबैलाई आश्चर्यमा पारे। उनले नोउक्याम्प मैदानमा टेकेपछि प्रिजेन्ट हुनुअघि आफूले लगाएको दुवै जुत्ता खोले र खाली खुट्टै प्रस्तुत भए। उनी बार्सिलोनाको जर्सीमा प्रस्तु भए तर क्लबको रेस्पेक्टका लागि उनले जुत्ता खोलेको क्लबले जनाएको छ।
 

मिना बार्सिलोनाबाट खेल्न लागेका पहिलो कोलम्वियन खेलाडी हुन्। ६ फुट ५ इन्च मिना आफ्नो अग्लो कदका लागि चिनिन्छन्। मिनाको रिलिज क्लब १ सय मिलियन युरो तोकिएको छ।

मिनाको आगमनले बार्सिलोनाको सेन्ट्रल डिफेन्सलाई सहयोग गर्ने उनको अग्लो कदले फाइदा पुग्ने क्लबले विश्वास लिएकव छ।

सन् २०१३ मा डेपोर्टिभो पास्टोबाट क्लब करियर सुरु गरेका मिनाले त्यसपछि सान्टा फे र पाल्मेरियासबाट खेले।

कोलोम्वियाको राष्ट्रिय टोलीका लागि समेत ९ खेल खेलिसकेका यी अग्ला खेलाडीले ३ गोल गरेका छन्।

यस्तै बार्सिलोनाले मिडफिल्डर अर्दा तुरानलाई लोनका टर्किस क्लब बासाकसहिरमा पठाएको छ। यस सिजनको बाँकी समय र अन्य दुईको लागि तुरानलाई टर्किस क्लबमा पठाउने सम्झौता भएको क्लबले जनाएको छ।
 

सन् २०१६ मा अर्को स्पानिस क्लब एथ्लेटिको मड्रिडबाट बार्सिलोना पुगेका तुरानले ५५ खेल खेल्दै १५ गोल गरे। साढे दुई वर्षको उक्त अवधीमा उनले कुल ६ ट्रफी जिते। तुरानले बार्सिलोनाबाट खेल्नु आफ्नो सबैभन्दला ठूलो सपना पूरा भएको बताएका छन्।

 

उनले सन् २००५ मा टर्कीकै गालातासारेबाट क्लब करियर सुरु गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell