PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ला लिगा : एथ्लेटिको मड्रिड र भ्यालेन्सिया विजयी



पहिलोपोस्ट

ला लिगा : एथ्लेटिको मड्रिड र भ्यालेन्सिया विजयी
फोटो : एएफपी

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र तेस्रो स्थानको भ्यालेन्सिया विजयी भएका छन्।

एथ्लेटिको मड्रिडले आइबरलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गरेको हो। एथ्लेटिकोलाई ३ अंक दिलाउन केभिन गमेइरोले २७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जितपछि १९ खेलबाट ४२ अंक जोडेको एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी ६ मा झारेकव छ। तर बार्सिलोनाले एक खेल कम खेलेको छ।

उता भ्यालेन्सियाले डेपोर्टिभा ला कुरानालाई २-१ ले पराजित गरेको छ। गोन्सालो गुएडेसले ३७औँ तथा रोड्रिगोले ६४औँ मिनेटमा गोल गरे। ला कुरानाका लागि ८८औँ मिनेटमा फ्लोरिन एनडोनले सान्त्वना गोल फर्काए।

जितपछि १९ खेलबाट ४० अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा यथावत छ भने चौथो स्थानकव रियलमाथि ८ अंकको अग्रता बनाएको छ।

ला लिगा : खेल सकिन ३ मिनेट अगाडी गोल खाएपछि रियल मड्रिड भियारियलसँग पराजित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell