PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हातहतियार कारोबार संलग्न माओवादीका स्थानीय नेता पक्राउ



पहिलोपोस्ट

हातहतियार कारोबार संलग्न माओवादीका स्थानीय नेता पक्राउ

काठमाडौंः लामो समयदेखि अवैध रुपमा हतियारको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको प्रदेश ५ को विषेश व्यूरोबाट खटिएको टोलीले नेपालगञ्ज खजुरा ५ स्थित उढरापुरबाट गरिवे शेष भन्ने व्यक्ति पक्राउ परेका हुन्। शेषका साथबाट प्रहरीले पेस्तोल एक थान, म्यागजिन एक थान र चार राउन्ड गोली बरामद गरेको छ।

शेषले भारतबाट अवैध हातहतियार ल्याउने र विक्री गर्ने गरेको खुलेको छ। पक्राउ परेका शेष माओवादी केन्द्रका स्थानीय नेता समेत हुन्। उनी स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका ५ साविक उढरापुर गाविसमा वडाअध्यक्षका उम्मेद्वार समेत बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell