PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रधानन्यायाधीश पराजुलीले तोके आफूसहितको इजलास, पराजुलीका दुई इजलासमा १९ मुद्दा



पहिलोपोस्ट

प्रधानन्यायाधीश पराजुलीले तोके आफूसहितको इजलास, पराजुलीका दुई इजलासमा १९ मुद्दा

काठमाडौँः आफ्नो योग्यताका विषयमा गम्भीर आरोप लागेपछि दैनिक कामकाजबाट अलग हुने अपेक्षा आम नागरिकले गरिरहेका बेला प्रधानन्यायाधीश गोपाल पराजुलीले भने नियमित कामलाई निरन्तरता दिएका छन्। पराजुलीले आइतबार मुद्दाको पेशी तोक्दै आफू सम्मिलित दुई इजलास पनि गठन गरेका छन्।

पराजुली सम्मिलित दुई संयुक्त इजलासमा १९ वटा मुद्दाका पेशी तोकिएका छन्।

पहिलो इजलासमा न्यायाधीश प्रकाशमानसिंह राउतसँग एउटामात्र मुद्दाको पेशी तोकेका छन्। कानुन अध्ययन केन्द्रका वीरेन्द्र थपलियाले प्रधानमन्त्री कार्यालय विपक्षी बनाइ दायर रिटको निर्णय सुनाउने गरी पराजुलीले इजलास तोकेका छन्।

दोस्रो संयुक्त इजलासमा १८ वटा मुद्दा रहेका छन्। उक्त इजलासको अर्को सदस्यमा सपना मल्ल प्रधान छिन्।

गत बुधबार सर्वोच्चले डा. गोविन्द केसी विपक्षी रहेको अपहेलना मुद्दामा सुनुवाइ गर्दै पराजुलीको शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि तथा नागरिकताका प्रतिलिपि अध्ययनका लागि माग गरेको थियो।

अपहेलना मुद्दामा बयानका क्रममा डा. केसीले पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र गलत रहेको आरोप लगाएका थिए। आरोपपछि सर्वोच्चको संयुक्त इजलासले प्रतिलिपि माग गरी छानविनको प्रक्रिया अघि बढाएको थियो।

अदालतले योग्यताका सवालमा छानविनको प्रक्रिया अघि बढाएपछि पराजुली दैनिक कामबाट अलग हुने अपेक्षा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell