PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिड्नीमा सुबिन भट्टराईसित अन्तर्क्रिया



सिड्नीमा सुबिन भट्टराईसित अन्तर्क्रिया

सिड्नी : युवा लक्षित उपन्यास 'समर लभ', 'साया' का लेखक सुबिन भट्टराईसित सिड्नीको रकडेलमा शनिबार स्थानीय नेपाली समुदायले अन्तर्क्रिया गरेका छन्। 

साताकोसाहित्यडटकम र नेपाली पत्र अस्ट्रेलियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा भट्टराईलाई पाठकहरूले आ-आफ्ना जिज्ञासा राखेका थिए।

नेपाली पत्र अष्ट्रेलियाका सम्पादक ऋषि आचार्यले उद्‍घोषण गरेको कार्यक्रममा उपन्यास 'डार्लिङ हार्बर'का लेखक निष्प्रभ सजीले सहजकर्ताको भूमिकामा थिए।

यसअघि पनि लेखक बुद्धिसागर र अमर न्यौपानेलाई आयोजकहरुले यस्तै प्रकृतिका कार्यक्रमका लागि सिड्नीमा आमन्त्रण गरिसकेको छ। 

कार्यक्रमको पहिलो सत्रमा लेखकहरू आचार्य प्रभा, केदारनाथ खनाल, शोभाकान्त गौडेल, महेन्द्र पौडेल, जितेन्द्र मल्ल, गणेस गौतम, तीर्थ पौडेल, निरज जोशी र निष्प्रभ सजीले कविता र गजल वाचन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell