PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्राविधिक इन्द्र लामालाई उपचारका लागि आर्थिक सहयोग



पहिलोपोस्ट

प्राविधिक इन्द्र लामालाई उपचारका लागि आर्थिक सहयोग

काठमाडौं : बरिष्ठ प्राविधिक इन्द्र लामालाई उपचारको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। शुक्रबार नेपाल चलचित्र प्राविधिक संघको अगुवाइमा १ लाख २३ हजार रुपैयाँ नगद लामालाई बुझाइएको छ।

अभिनेता राजेश हमालले आयोजित एक च्यारिटी समारोहमा लामालाई अर्थ सहयोग हस्तान्तरण गरे। राजधानीको बनस्थलीमा सम्पन्न एक सांस्कृतिक कार्यक्रममा विभिन्न कलेज र व्यक्तिले ७६ हजार पाँच सय नगद संकलन गरेका थिए।

नेफ्टाबाट संकलित ४७ हजार ५ सय र च्यारिटीबाट जुटेको ७६ हजारसहित कूल १ लाख २३ हजार पाँचसय हमालसहित संघका अध्यक्ष पुष्कर लामा र अभिनेता सुमन सिंहले उपचारार्थ सहयोग हस्तान्तरण गरे।

हमालले आफू सदैव प्राविधिकको हकहितमा जुट्ने बताउँदै लामाको स्वास्थ्य लाभको समेत कामना गरे।

मेकअप आर्टिस्ट लामा लामो समयदेखि मृगौला, मधुमेह लगायतका रोगबाट पीडित छन्। ३५ वर्ष लामो फिल्म करियरमा उनले ३ सयभन्दा बढी सिनेमामा मेकअप म्यानको रुपमा काम गरे। उनी नेफ्टाका साधारण सदस्य समेत हुन्। प्राविधिकको स्वास्थ्य समस्यालाई ख्याल गर्दै आकस्मिक कोष खडा गरेको अध्यक्ष लामाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell