PahiloPost

Jun 20, 2018 | ६ असार २०७५

डाक्टर गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्य मन्त्रीको टोलीबीच वार्ता


पहिलोपोस्ट /पहिलोपोस्ट

डाक्टर गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्य मन्त्रीको टोलीबीच वार्ता
काठमाडौं : अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्य मन्त्रीबीच शिक्षण अस्पतालमा वार्ता सुरु भएको छ। सर्वोच्च अदालतबाट भएका फैसलामाथि प्रश्न उठाउँदै अनशनमा रहेका केसीलाई अदालतको अवहेलना मुद्दामा पक्राउ गरी अदालत उपस्थित गराइएको थियो। अदालतमा उनको मुद्दामा सुनुवाई गर्दै तारेखमा रिहाइ गरिएको थियो।

रिहाइ भए पनि केसीले आफ्नो मुद्दा सम्बोधन नभएसम्मका लागि अनशन कायमै राखेका छन्। उनले प्रधान न्यायाधीशको राजिनामा आउनुपर्ने माग अघि सारेका हुन्। 

उनको अवस्था कमजोर हुँदै गएकाले स्वास्थ मन्त्री दीपक बोहराको नेतृत्वमा सरकारी टोली वार्ताका लागि पुगेको हो।
 


डाक्टर गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्य मन्त्रीको टोलीबीच वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट