PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अफवाह फैलाउने काम भयो, वास्तविकता आएपछि छर्लङ्ग हुन्छ : प्रधान न्यायाधीश



पहिलोपोस्ट

अफवाह फैलाउने काम भयो, वास्तविकता आएपछि छर्लङ्ग हुन्छ : प्रधान न्यायाधीश

काठमाडौं : प्रधान न्यायाधीश गोपाल पराजुलीले आज रुकुमकोट जिल्ला अदालतको उद्घाटन गरेका छन्।  

प्रधानन्यायाधीश पराजुलीले संविधान कार्यान्वयनको चरणको क्रममा रुकुमकोट जिल्ला अदालतको सुरुवात हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधान न्यायाधीश पराजुलीले संविधानको कार्यान्वयन गर्दै जिल्ला अदालतको स्थापनाबाट रुकुमेली जनताको न्यायमा पहुँच बढ्ने बताए। प्रधान न्यायाधीश पराजुलीले  संस्कार र संस्कृतिले  विशाल छाती भएको रुकुम जिल्लामा जनताले घरमै न्याय पाउने वातावरण बनेको बताए। 

प्रधान न्यायाधीश पराजुलीले अहिले न्यायपालिकाका विषयमा कतिपय  अफवाह फैलाउने प्रयत्न भएको भन्दै बास्तविकता बाहिर आएपछि सबै कुराको समाधान हुने बताए। साथै उनले  न्याय र न्यायिक प्रकृयाबाट अदालत विचलित हुन नहुने समेत बताए। 

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले संघीय व्यवस्थापछि नयाँ संरचना निर्माण हुँदै गर्दा अभाव भए पनि समयक्रमसँगै यसले मूर्त रुप लिने बताए। उनले जिल्ला अदालतको स्थापनाले रुकुम पूर्वका जनतालाई न्यायमा पहुँचको विस्तार भएको भन्दै बधाई ज्ञापन गर्नुभयो।  

कार्यक्रममा रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य कमला रोकाले ४४ वर्षपछि रुकुमकोटबाट  स्थानान्तरण भएर मुसिकोट सरेको संरचना फेरि फर्कनु र आफ्नै आँगनमा अदालत पाउनु रुकुमेली जनता खुसी रहेको बताए। 

कार्यक्रममा न्याय परिषद्का सदस्य पदम बैद्धिक, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी, रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले छिटो छरितो न्याय सबैका लागि न्याय भन्ने मूलु ध्यय राखेर सर्वोच्च अदालतले रणनीतिक योजना मार्फत न्यायमा अघि बढेको बताए।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell