PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रिय सभा सदस्यका लागि एमालेले तय गर्‍यो ६ बुँदे मापदण्ड



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्यका लागि एमालेले तय गर्‍यो ६ बुँदे मापदण्ड

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको माप दण्ड र सिफारिसको विधि तय गरेको छ। आज पार्टी कार्यालय धुम्बाराइमा बसेको एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले सो मापदण्ड तोकेको हो।
 
निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सावजनिक गरिसकेको छ। कार्यतालिका अनुसार आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने छ।
 
राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्ने निर्णायक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था भने सम्बन्धित प्रदेश कमिटीले गर्नुपर्ने  निष्कर्ष बैठकले निकालेको छ। 

यी हुन् मापदण्ड

१. संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेको
२. पार्टीमा लामो योगदान गरेको 
३. पार्टीमा वैचारिक आवद्धता राख्दै समाज सेवा, सस्कृति, कला साहित्य, विज्ञान, प्रविधि लगायतका सामाजित क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको 
४. भौगोलिक र सामाजिक सन्तुलन। 
५. स्थानीय, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समावेशी सूचीमा नाम समावेश नभएका। 
६ विभिन्न विषयमा विज्ञ तथा विशेषज्ञहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell