PahiloPost

Sep 26, 2018 | १० असोज २०७५


‘ह्यात’ होटलमा सुल्टेको विवाद बल्झियो : आयोगको असहमतिले निम्त्यायो राजपाभित्र लफडा


पहिलोपोस्ट

‘ह्यात’ होटलमा सुल्टेको विवाद बल्झियो : आयोगको असहमतिले निम्त्यायो राजपाभित्र लफडा

काठमाडौं : पटक पटक सूची सच्याउन निर्वाचन आयोगले दवाव दिएपछि मुस्किलले सुल्टेको राजपाभित्रको विवाद फेरि सतहमा आउने भएको छ। 

शुक्रबार राजपाका नेताहरु र आयोगका पदाधिकारी बीच विवादित विषयलाई सुल्ट्याउन छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेनन्। अन्तिममा आयोगले राजपालाई सूची सच्याएर पठाउन पुनः आग्रह गरेको छ। क्लस्टर नमिलेको भन्दै आयोगले सूची मानेको छैन। 

तर, राजपाका नेताहरुले समूह मिलेको भन्दै सच्याउन तयार छैनन्। शुक्रबारको छलफलमा पनि राजपा र निर्वाचन आयोगबीच कुरा नमिल्दा आइतबार पुनः छलफल हुने भएको छ।

आयोगसँगको छलफल पछि पहिलोपोस्टसँग राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले भने, ‘छलफलमा कुरा मिलेन। आयोगले पनि आफुभित्र छलफल गर्ने बताएको छ। आइतबार हामी पनि छलफल गरेर सूची बुझाउने छौं।’

शुक्रबार राजपाले संशोधित सूची लगे पनि पेस गरेन।

राजपाले किन गर्दैछ संशोधनमा बखेडा?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल छवटा पार्टी मिलेर बनेको छ। पार्टी एकीकृत देखिए पनि सबै पक्षले आ–आफ्नो पुरानो पार्टीका नेता कार्यकर्ताहरुको पक्ष लिँदै आएका छन्। समानुपतिक सूची बुझाउने विषयमा पनि यही अवस्था रह्यो। प्रदेश सभाको सिटमा पनि छवटै अध्यक्षबीच भागबण्डा भएको थियो।

काठमाडौंस्थित ह्यात होटेलमा केही दिन छलफल गरेपछि राजपाका अध्यक्ष मण्डलका सदस्यहरुले प्रदेश सभा सदस्यहरुको सूची फाइनल गरेका थिए।

करिब तीन दिन अध्यक्षहरुबीच घनिभुत रुपमा भागवण्डाले सूची तयार पारेको थियो। तर, निर्वाचन आयोगले उक्त सूची संशोधन गर्न भन्दियो। बल्लबल्ल मिलाएको सूची फेरि बदल्न भन्दा राजपाका नेतालाई आपत पर्योस। राजपाका अध्यक्ष मण्डलका सदस्यहरुबीच यसै विषयमा विवाद भइरहेको छ। सूची संशोधन हुन नसक्नुको मुल कारण यही हो। 

राजपाका छवटै अध्यक्षले आ–आफ्ना पक्षबाट प्रदेश सभा सदस्य राखेका छन्। अहिले कतिपयको नाम हटाउन पर्दा को हटाउने भन्नेमा विवाद छ।

स्रोतका अनुसार ह्यात होटलको बैठकमा अध्यक्ष मण्डलका सदस्यहरुले प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय सभा सदस्यहरुको विषयमा भागवण्डा गरेका थिए।

 

 



‘ह्यात’ होटलमा सुल्टेको विवाद बल्झियो : आयोगको असहमतिले निम्त्यायो राजपाभित्र लफडा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट