PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नारायणी अस्पतालभित्र सञ्चालित १६ वटा सटरमा सिलबन्दी



राधेश्याम पटेल

नारायणी अस्पतालभित्र सञ्चालित १६ वटा सटरमा सिलबन्दी

वीरगंज : वीरगंजस्थित नारायणी उप क्षेत्रिय अस्पतालभित्र सञ्चालित १४ वटा फार्मेसी र एक किराना स्टोर र १ मिठाई पसल गरि जम्मा १६ वटा सटरमा स्थानिय प्रशासनले ताला लगाएको छ।

२०७२ असार १३ गते सर्वोच्च अदालतले सरकारी अस्पताल भित्र निजी फार्मेसी राख्न नदिने फैसला गरेपछिको कार्यन्वयन स्थानिय प्रशाशनले गरेको हो। अस्पताल परिसरभित्र सञ्चालित फार्मेसीहरु ३ वर्षदेखि नविकरण भएका थिएनन्।

तीन महिना अघि अस्पतालले सरकारी फार्मेशी सञ्चालनमा ल्याईसकेको छ। निजी औषधि पसलहरुले सरकारी भन्दा महगोमा औषधी बिक्री गरि ठग्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell