PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेविसंघका नेताले उपमेयर खड्गीको हातमा हाल्दिए फोहर!

नेविसंघका नेताले उपमेयर खड्गीको हातमा हाल्दिए फोहर!


काठमाडौः नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार बिहानै काठमाडौं महानगरपालिका कार्यालय पुगेर उपमेयर हरिप्रभा खड्गीको हातमा फोहर थमाएका छन्।

संघले मेयर विद्यासुन्दर शाक्यको हातमा फोहर थमाउने कार्यक्रम बनाए पनि शाक्य कार्यालयमा उपस्थित नभएपछि फोहर उपमेयर खड्गीलाई थमाएका हुन्। 

काठमाडौंमा अत्याधिक धुलो र फोहर बढेको भन्दै उनीहरुले सांकेतिक रुपमा मह नगरपालिकाको ध्यानाकर्षण गराएको नेबिसंघ काठमाडौं जिल्ला सभापति मनोज बैद्यले बताए। बैद्यले भने, 'महानगरले विभिन्न रुपमा जनताबाट कर उठाएपनि काम गरेन।'

झन्डै सय जनाको सङख्यामा पुगेका विद्यार्थी टोलीले काठमाडौंका मुख्य चोकहरु तीनकुने, चावहिल लगायतका स्थानबाट धुलो तथा फोहर संकलन गरी महानगरपालिकामा बुझाएका हुन्। उपमयेर खड्गीले मेलम्चीको पाइप विस्तारको क्रममा धूलो भएको बताइन्। सडक विभागले आफ्नो जिम्मेवारी पूरा नगर्दा धुलो भएको खड्गीले दाबी गरिन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell