PahiloPost

Jun 20, 2018 | ६ असार २०७५

ब्लाइन्ड रक्स बेनिशाको ‘उड्यो मन’


पहिलोपोस्ट /पहिलोपोस्ट

ब्लाइन्ड रक्स बेनिशाको ‘उड्यो मन’

काठमाडौं : बायोपिक ड्रामा ‘ब्लाइन्ड रक्स’ फिल्मको पहिलो गीत रिलिज भएको छ। प्रदर्शनका लागि रेडी रहेको फिल्मको गीत उड्यो मन बिहीवार रिलिज गरिएको हो।

मुख्य कलाकारको रुपमा रहेकी बेनिशा हमाल फिचरिङ ‘उड्यो मन...’ गीतमा कत्थक नृत्य र शाष्त्रिय संगीतको स्वाद मिश्रण छ।

नरेश भट्टराईका शब्द तथा हरि लम्सालको संगीत रहेको गीतलाई बानिका प्रधानले गाएकी छिन्।

‘धेरैपछि दर्शकले शाष्त्रिय संगीतको स्वाद लिन पाउँछन्’ निर्देशक मिलन चाम्सले भने, ‘यसमा कत्थक र क्लासिकल टेस्ट मिश्रण गरिएको छ।’

दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन प्रस्तुत गर्ने बायोपिक फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको मुख्य भूमिका छ। बेनाशा हमालले सृष्टिको भूमिकामा अभिनय गरेकी छन्।

लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित फिल्म फागुन १८ गते (मार्च २) देशव्यापी प्रदर्शन हुँदैछ। नेपाल रिलिजको एकदिनअघि हङकङ प्रदर्शन गरिँदैछ। माघको पहिलो साता फिल्मले देशव्यापी टुर समेत थाल्दैछ।

एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सिनेमा निर्माण भएको हो ।



ब्लाइन्ड रक्स बेनिशाको ‘उड्यो मन’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट