PahiloPost

Jun 20, 2018 | ६ असार २०७५

बञ्चरो प्रहार गरेर सौताको हत्या, अभियुक्त फरार


पहिलोपोस्ट /पहिलोपोस्ट

बञ्चरो प्रहार गरेर सौताको हत्या, अभियुक्त फरार
प्रतीकात्मक तस्बिर

रुकुमः सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन्।

जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ।

बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ। हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।

चन्दको खोजी र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकको भनाइ छ। मृतक खत्रीका तीन छोरी र एक छोरा छन्। रासस



बञ्चरो प्रहार गरेर सौताको हत्या, अभियुक्त फरार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट