PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रधानन्यायाधीश विरुद्ध प्रर्दशनमा केपी ओलीलाई चूनौती : कमरेड ओली, दिनगन्ती सुरु गर्नुस्



सागर बुढाथोकी

प्रधानन्यायाधीश विरुद्ध प्रर्दशनमा केपी ओलीलाई चूनौती : कमरेड ओली, दिनगन्ती सुरु गर्नुस्

काठमाडौं : डा गोविन्द केसीको समर्थन तथा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा माग गर्दै माइतीघर मण्डलामा भएको प्रर्दशन एमाले नेता केपी शर्मा ओली विरुद्ध सोझिएको छ। 

अधिवक्ता ओम प्रकाश अर्यालले एमाले अध्यक्ष ओलीको २०२८ सालदेखिको ट्रयाक रेकर्ड आफूसँग भएको भन्दै अबको निशानामा केपी ओली रहेको बताए। उनले भने, 'केपी ओली माफियाको मतियार मात्र हैन, हत्यारा पनि हुन्। गोविन्द केसी विरुद्ध अभिव्यक्ति दिएर उनले तीन करोड नेपालीको मन दुखाएका छन्।'

अर्यालले नेपालमा कुनै पनि पार्टी राष्ट्रवादी नभएको बताउँदै भने, 'यो देशमा कोही राष्ट्रवादी छ भने डा केसी र उनका आन्दोद्यनमा जोडिएका साथीहरु छन्।'

त्यस्तै डाक्टर केसीका सहयोगी डा अभिषेक राज सिंहले केपी ओलीलाई माफियाको घेरा बाहिर आएर बहस गर्न चुनौती दिए। 'उपचार गर्न विदेश जाँदैगर्दा तीन करोड नेपालीको भविष्यका लागि लडिरहेका डा केसीलाई जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले तपाईँको स्तर निर्धारण गर्छ। कमरेड ओली तपाईँले अति गर्नुभयो। अब तपाईँका दिनगन्ती सुरु भए।'

माइतीघरमा भएको प्रर्दशनमा प्रदर्शनकारीले 'चारैतिर प्रष्ट छ गोपाल पराजुली  भ्रष्ट छ',  'म पनि गोविन्द केसी, मलाई  पनि पक्राउ  गर', 'दुइटा नागरिकता कस्को, एसएलसी  फेल पराजुलीको', 'डा केसीको अनशन, पराजुली लाई टेन्सन' जस्ता नारा लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell