PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कहाँ छन् पूर्वडिआइजी सिलवाल? मलेसियाको कार्यक्रम भन्दै झुक्याए पत्रकारलाई



सविन ढकाल

कहाँ छन् पूर्वडिआइजी सिलवाल? मलेसियाको कार्यक्रम भन्दै झुक्याए पत्रकारलाई

काठमाडौं : अदालतमा बुझाएको कार्य सम्पादन मूल्याङ्कन फाइल किर्तेको अभियोगमा अनुसन्धानको दायरमा रहेका पूर्व डिआइजी तथा सासद नवराज सिलवाललाई प्रहरीले खोजी गरे पनि उनी कहाँ छन् पत्ता लगाउन सकेको छैन।

सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई काटेको पत्रको प्रत्युत्तर आइसकेको छ। एक सातासम्म सिलवाललाई उनको ठेगनामा खोज्दा नभेटिएको भन्दै ललितपुर प्रहरीले काठमाडौं प्रहरीलाई जवाफ दिएको छ।

ललितपुर गोदावारी स्थायी ठेगाना भएका सिलवाल केही दिनदेखि घरमा छैनन्। ललितपुर परिसरका डिएसपी नरेन्द्र चन्दले सिलवाल फेला नपरेको भन्दै काठमाडौं प्रहरीलाई जानकारी गराएको बताए। उनले भने, 'हामीले पाएको ठेगानामा उहाँ फेला पर्नुभएन। त्यसैको जानकारी पठाएका हौं।'

सर्बोच्च अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवाल माथि सोधपुछ र बयान लिनुपर्ने भन्दै गत १८ गते पत्र काटेको थियो। सिलवाल घरमा तथा सम्पर्कमा नरहेको भन्दै पत्र थमाउन नसकेको हो।

प्रहरीको खोजीमा रहेका सिलवाल भने आफू पूर्वनिर्धारित कार्यक्रममको लागि मलेसिया आएको दावी गर्दै आएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा उनले आफु 'एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी'द्वारा आयोजित ‘इष्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर आएको दावी गरेका थिए।

नेकपा एमालेबाट सांसद बनेका सिलवालले मात्र होइन एमालेको ललितपुर प्रचार विभागले पनि उनी मलेसिया कार्यक्रमको लागि पुगेको जनाएको छ। तर, गजवको तथ्य के छ भने त्रिभुवन विमानस्थल अध्यागमन विभागको रेकर्डमा भने सिलवाल विमानस्थलबाट बाहिर गएको कहीँ कतै देखिँदैन। त्रिभुवन अध्यागमन स्रोतले भन्यो, 'हामीले सबै रेकर्ड हेर्यौ, उहाँले विमानस्थल प्रयोग गरेको देखिएन।'

पूर्व डिआइजी सिलवाल गत १७ गते (सोमवार) एयर एसियाको विमान मार्फत मलेसिया पुगेको जानकारी गराएका थिए। राष्ट्रिय समचार समितिले लेखेको समचारमा समेत सिलवाल सोमवार मलेसिया गएको भनिएको छ। तर, एयर एसियाले कुनै पनि विमान सोमवार मलेसियाको उडान नभरेको जनाएको छ। कम्पनीले केही समयदेखि सोमवार, बुधवार र शनिवार उडान नगर्ने जनाएको छ।

'एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी द्वारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेको भनिए त्यस्तो कुनै कार्यक्रम नै भएको छैन। एक साता बितिसक्दा समेत सिलवाला सम्पर्कमा छैनन्।

विमानस्थलबाट बाहिरिएको नदेखिएपछि सिलवाल स्थल मार्गबाट भारत हुँदै इन्डोनेसिया पुगेकोसमेत एकथरी स्रोतको दावी छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell