PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु


पहिलोपोस्ट

स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु

उर्लाबारी: मोरङको पथरी–शनिश्चरेमा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्री वृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको छ।

पथरी–शनिश्चरे नगरपालिका–१ स्थित शिखरचोकमा गत पुस ६ गते दिउँसो १ बजे बा ५४ प ४५८८ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय लालबहादुर चौहानको गएराति उपचारका क्रममा नोबेल अस्पताल, विराटनगरमा मृत्यु भएको हो।

ठक्कर दिने स्कुटर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। रासस



स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट