PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यसरी तयार पारिन्छ माघे संक्रान्तिका लागि चाकु, १६ फोटोमा हेर्नुस्

यसरी तयार पारिन्छ माघे संक्रान्तिका लागि चाकु, १६ फोटोमा हेर्नुस्


काठमाडौं: चाकु विषेश गरी माघे संक्रान्तिमा बढि प्रयोग गरिन्छ। वर्षमा एकचोटी भएपनि चाकु खाँदा जाडोले छुदैन भन्ने भनाई छ। त्यसैले जाडोमा पनि चाकुको प्रयोग हुन्छ।

माघे संक्रान्तिका लागि अहिले विभिन्न ठाउँहरुमा चाकु बनाउँन भ्याइनभ्याई छ। यसैमध्ये एक हो टोखा। टोखा चाकुले प्रख्यात ठाउँ हो, जहाँ अहिले पनि चाकु बनार्इन्छ। सख्खरलाई पकाएर विभिन्क प्रक्रिया पूरा गर्दै चाकु तयार पारिन्छ। यो मौसममा चाकु खाँदा शरीरलाई चिसोबाट बचाउँदै पौष्टिकता दिन्छ।

चाकु उत्पादक दुर्गा श्रेष्ठका अनुसार नेपालका मुख्य शहरहरु लगायत विदेशतिर पनि चाकु निर्यात हुन्छ। चाकुमा चिनीको मात्रा कति छ? भनेर जाँचको लागि नेपालका विभिन्न ठाउँमा पठाउँदा केही प्रतिकृया नआए पछि अस्ट्रेलियामा पठाउँनु परेको श्रेष्ठले बताईन्। सहयोगी कृष्णका अनुसार चाकुको सिजन भएकोले आजकल दिनमा ९ कुइन्टल जती सख्खर पकाईन्छ।

काशिलाल चाकु प्रोडक्सनमा चाकु बनाउँदै गरेको दृश्य।



ट्रेन्डिङ पोस्ट

Ncell