PahiloPost

Sep 26, 2018 | १० असोज २०७५


गोविन्द केसीको नैतिक विजय, न्यायालयको जोगियो साख


सागर बुढाथोकी

गोविन्द केसीको नैतिक विजय, न्यायालयको जोगियो साख

काठमाडौं : सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीमाथि लागेको आक्षेपमा प्रश्नको जवाफ खोज्न निर्देशन दिएको छ।

तारेखमा रहेने गरी वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मामा डाक्टर केसीलाई छोड्न आदेश दिँदै अदालतले पराजुलीको जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउन भनेको छ। साथै उनका शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपिसमेत झिकाउन आदेश दिएको छ। सँगै पराजुलीले त्रिविका डिन प्रा डाक्टर शशी शर्माको मुद्दा फैसलासहितका मिसिल झिकाउन आदेश दिएको छ।

अदालतको आदेशलाई सकरात्मक रुपमा लिएको डाक्टर केसीले प्रतिकृया दिएका छन्। फागुन ८ गते अदालतमा उपस्थिति म्याद पाएसगै अदालतबाट बाहिरिँदै डाक्टर केसीले संचारकर्मीसँग भने ''अदालतको आदेश हो यसलाई म सकरात्मक लिएको छु।'

डाक्टर गोविन्द केसीले सर्वोच्च अदालतबाट भएको फैसला त्रुटीपूर्ण रहेको भन्दै अनशन थालेका थिए। अनशनपूर्व पत्रकार सम्मेलन गरेर उनले अदालतले न्याय नगरेको बताएका थिए। उनको प्रेस वक्तव्यलाई नै आधार मानेर अदालतमा मुद्दा दर्ता भएको थियो। पत्रकार सम्मेलनको २ घन्टा नवित्दै उनलाई पक्राउ आदेश गरिएको थियो। प्रहरीले उनलाई समातेर हिजो बिहान सर्वोच्च अदालतमा बयान लिएको थियो।

न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्छु। अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन, स्वच्छ आलोचना मात्र गरी अदालत लगायत समाजलाई घच्यघच्याएको हुँ भनी बयान दिएका थिए।

उनको मुद्दामा आज बहस समेत भयो। र, प्रधान न्यायाधीशमाथि लागेका आरोपको सर्वोच्चले सम्बोधन गर्दै प्रधान न्यायाधीशका सर्टिफिकेटहरु झिकाउन आदेश  दियो।

डाक्टर केसीको गिरफ्तारीसँगै सर्वोच्च अदालत र प्रधान न्यायाधीशको चर्को आलोचना भएको थियो। साथै न्यायालयबाट भएका विवादित मुद्दाका फैसलामाथि पनि प्रश्न उठ्न थालेको थियो। न्यायालयमाथि अविस्वास बढ्नेक्रम जारी रहँदा सर्वोच्चले दिएको आदेशले केही हदसम्मै भए पनि न्यायालयको साख जोगाएको छ।

केसीले आफ्नो अनशन जारी राख्ने/नराख्ने विषयमा भने भोलि छलफलपछि निर्णय गर्ने बताए। 



गोविन्द केसीको नैतिक विजय, न्यायालयको जोगियो साख को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट