PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

लालु यादवलाई सघाउन २ सहयोगी परे जेल : १० हजार चोरीमा थुनिए धनाड्य



पहिलोपोस्ट

लालु यादवलाई सघाउन २ सहयोगी परे जेल : १० हजार चोरीमा थुनिए धनाड्य

राँची : विहारका पूर्व मुख्य मन्त्री लालु यादवलाई दोषी ठहर गरेर फैसला सुनाएकै दिन दुई जना उनका सहयोगीले झुटो मुद्दामा जेल गएका छन्। प्रहरीका अनुसार चारा घोटालामा यादव दोषी ठहर्याोइएकै दिन उनका दुई सहयोगी जेल परेका हुन्। 

स्रोतका अनुसार यी दुवै लालुलाई सहयोग गर्नका लागि जेल परेका हुन्। 

लालुलाई जुन जेलमा हालियो उनीहरु त्यसैमा जान मिल्नेगरी सेटिङ गरेका थिए। जेल परेकामध्ये एक व्यवसायी छन्। हाइ इन्ड एसयुभी गाडी, दुई ठूला गोदाम र एउटा ठूलो घरको मालिक मदन यादव राँचीका सुमित यादवको १० हजार रुपैयाँ चोरेवापत जेलमा छन्। चोरीमा सघाउने उनका साथी लक्ष्मण यादव पनि त्यही जेलमा छन्।

रोचक त के हो भने लालुका सहयोगी दुवै आरजेडीका कार्यकर्तासमेत हुन्। 'लालुले कसैलाई जेल जान भन्नु भएको छैन उनीहरु कसरी भित्र पुगे प्रहरीले खोज्ने विषय हो,' घटनाबारे आरजेडीका प्रवक्ता शक्ति सिंह यादवले भने।

प्रहरीसँग उनीहरु जेल कसरी पुगे भन्ने कुनै जवाफ छैन। राँचीका मदन एकाएक गायव भएपछि उनका चिनजानका मानिसहरु उनको खोजीमा लागे र अन्तिममा जेलभित्र रहेको थाहा पाए। आर्थिक रुपमा सम्पन्न भए पनि चोरीको मुद्दामा जेल परेको सुन्दा पत्याउने कोही छैन। सबैसामु ओपन सेक्रेट कुरा हो – दुवै लालुलाई सघाउन जेल गएका हुन्। 

लालुलाई सघाउन जेल पुगेको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell