PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनले प्रक्षेपण गर्‍यो सुपरभ्यू भू-उपग्रह : चीनलाई आकाशबाटै निगरानी राख्ने



पहिलोपोस्ट

चीनले प्रक्षेपण गर्‍यो सुपरभ्यू भू-उपग्रह : चीनलाई आकाशबाटै निगरानी राख्ने

ताइवान : चीनले आधार मिटर हाइ रिजोलुसन रिमोट सेन्सिङ स्याटलाइट प्रक्षेपण गरेको छ। मंगलबार ताइवान स्याटलाइट लन्च सेन्टरबाट स्थानीय समयअनुसार बिहान ११:२४ प्रक्षेपण गरिएको हो। सुपरभ्यु १ ०३/०४  नाम दिइएको उक्त स्याटलाइट २ डी रकेट भएको सेन्टरले जनाएको छ। चीनका संवेदनशील क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उक्त रकेट प्रक्षेपण गरिएको हो।

उक्त स्याटलाइटले आधा मिटर हाइ रिजोलुसन क्षमताको फोटो उपलब्ध गराउनुका साथै, प्राकृतिक स्रोत पत्ता लगाउने, नक्सा बनाउन थप मद्दत गर्ने, वातावरणीय मोनिटरिङका लागि र इन्टरनेटबारे व्यवसायको मिहिन अध्ययन गर्नेछ। 

उक्त स्याटलाइट चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कोरपोरेसनले निर्माण गरेको हो। यो यस कोरपोरेसनको दोस्रो प्रक्षेपण हो। यसअघि सन् २०१६ डिसेम्बरमा सुपरभ्यु-१ ०१/०२ प्रक्षेपण गरिएको थियो।- सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell