PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'ससुरा होइन पापी हो, उसलाई कारवाही हुनुपर्छ'



राधेश्याम पटेल

'ससुरा होइन पापी हो, उसलाई कारवाही हुनुपर्छ'

वीरगंज : राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्ष शेखचान्द ताराका श्रीमान् शेख मन्सुर बाबू माथि बलात्कार गर्ने प्रयास गरेको आरोप लागेको छ। वीरगंज १३ राधेमाईका कानुन व्यवसायी ४५ वर्षिय शेख मन्सुर आफ्नै बुहारी पर्ने १८ वर्षिया किशोरीलाई बलत्कारको प्रयास भएको भन्दै पिडित किशोरिको परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

मन्सुर बाबुको कान्छी श्रीमती शकिला खातुन भनिने 'शोसिला देवी' पनि छन्। कान्छी श्रीमतिकै कोखबाट जन्मेका शेख विकाउ भनिने  'बिकाउ पटेल' कि श्रीमती आयरा खातुनले ससुरा पर्ने शेख मन्सुर बाबू माथि उजुरी गरेकी हुन्।

बारा कलैया-२४ मनहर्वा पीडिता आयराको माइत घर हो। विकाउ र आयराको निकाहनामामा शेखमन्सुर बाबू छोरा मानेर दुई महिना अगाडि दुबैको विवाह गराएका थिए। बलात्कारको प्रयासमा शेख मन्सुर बाबुलाई उनको कान्छी श्रीमती शोसिला देवीले सघाएको पीडित पक्षको आरोप छ।'

मेरो सासुले नै ससुरा कहाँ गएर सुत कति पटक भने छिन,ससुराले सवेदनशील अंग समातेर ओछ्यानमा पछारेपछि घरबाट भागे,' पीडित किशोरीले भनिन्,'ससुरा होइन पापी हो,उसलाई कारवाही हुनु पर्छ।'

यस विषयमा पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले मन्सुर बाबुले एक किशोरीलाइ यातना दिएको जानकारी आएपछि दुबै पक्षलाई बोलाएर बयान लिइरहेको बताए। एसपी रेग्मिले भने 'अनुसन्धान जारी छ,दोषी भेटिए कानुन बमोजिम कारवाही हुन्छ।'

आरोपी मन्सुर बाबुले उजुरीकर्ता किशोरीले पैसा र जग्गाको लोभमा बार्गेनिङ गर्न झुटो मुद्दा दिई फसाउन खोजेको दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell