PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चिसोमा चियाको चुस्की, हेर्नुस् २० फोटोमा

चिसोमा चियाको चुस्की, हेर्नुस् २० फोटोमा


काठमाडौं : मौसम चिसो छ। देशका कतिपय स्थानमा तापक्रम घटेर शुन्य पुग्दा कतिपय स्थानमा माइनसमै झरेको छ। यस्तोमा जाडोलाई केही हदसम्म भएपनि बिर्साउने माध्यम बन्छ, चिया। अझ बिहानै उठेर चिया पिउनुको मज्जा नै बेग्लै छ।

राजधानीको सुन्धारास्थित पहिले धरहरा भएको स्थान अगाडी बिहानै चिया पिउनेहरुको भिड लाग्छ। उनीहरुको जाडो एक कप चियाले भाग्दैन र एक कप चिया पिएर मन पनि मान्दैन। उनीहरु घाम नआएसम्म त्यही बसेर तातो चियाको चुस्कीमा रमाइरहन्छन्। कोही ३/४ कप नै चिया पिउँछन्।

चिया पिउँदा समसामियक राजनीतिक विषय उनीहरुको चिया गफ बन्छ। काठमाडौंको अन्य स्थानमा भन्दा बस्न सहज हुने भएकाले पनि अन्यत्रबाट आउनेहरु पनि सोही एरियामा बस्ने गर्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell