PahiloPost

Dec 15, 2018 | २९ मंसिर २०७५


गोविन्द केसी डिन भए म राजीनामा दिन तयार : डा शशी शर्मा


सागर बुढाथोकी

गोविन्द केसी डिन भए म राजीनामा दिन तयार : डा शशी शर्मा

काठमाडौं : सर्वोच्च अदालतको आदेशविरुद्ध डा गोविन्द केसीले अनशन थाल्ने चेतावनी दिए पछि हालै पुनर्वहाली भएका चिकित्सा शिक्षा संस्थान(आइओएम)का डिन डा शशी शर्माले डा गोविन्द केसीलाई चुनौती दिएका छन्।

सोमबार पत्रकार सम्मेलन गर्दै डा शर्माले केसी डिन भए आफूले राजीनामा दिने बताए।

शर्माले भने, 'मलाई पदको लोभ होइन संस्थाको लोभ हो। यो चार दिनमा म धेरै काम गर्न सक्छु। आइओएममा ताला लागेको छ म त्यो खोल्न पहल गर्छु।'

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शर्मालाई सर्वोच्चले आइतबार पुनर्वहाली गर्न आदेश दिएको थियो।

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शर्मालाई सर्वोच्चले आइओएममा पुनर्वहाली गर्न आदेश दिएपछि प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन बस्ने बताएका छन्।
 



गोविन्द केसी डिन भए म राजीनामा दिन तयार : डा शशी शर्मा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट