PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सिंहदरबारको अर्को पहिचान : चोरीको अड्डा



सविन ढकाल

सिंहदरबारको अर्को पहिचान : चोरीको अड्डा

काठमाडौं : देशको मुख्य प्रशासनिक केन्द्र सिहंदरवारभित्र आइतवार राति फेरि चोरी भएको छ। सुरक्षाकर्मीको कडा सुरक्षाले घेरिएको स्थानमा नै चोरी हुदा सिहंदरबारको सुरक्षा चुनौतिमा प्रश्न उठेको छ भने नयाँ पहिचान नै बनेको छ – चोरी हुने ठाउँ।

विश्वराज सिलवालले सिंहदरबार पुर्ननिर्माण कार्यालयमा संचालन गरेको क्यान्टिनमा आइतवार राति चोरी भएको हो। क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद चोरी भएको महानगरीय सुरक्षा गण सिंहदरबारका प्रहरी निरीक्षक इन्द्रकुमार अधिकारीले बताए।

साँझ ५ बजे क्यान्टिन बन्द गरेर गएका सिलवालले आइतवार विहान क्यान्टिन खोलेर हेर्दा रकम चोरी भएको भन्दै महानगरीय प्रहरी बृत सिंहदरबारमा उजुरी दिएका छन्। 

टायरदेखि बुद्धचित्तसम्म चोरी

पुस १ गते सिंहदरबार भित्र राखिएको गाडीका चारवटै टायर चोरी भएको थियो। स्थानीय विकास मन्त्रालयका उपसचिव बलदेश जोशी चढ्ने बा २ झ २९२७ नम्बरको जिपका चारैवटा टायर चोरिएको थियो। 

प्रहरीको अनुसन्धानमा उपसचिव जोशीका चालक सिन्धुपाल्चोक भोटेचौरका चन्द्रबहादुर मोक्तान चोरी गरेको देखिए पनि अझै पक्रान सकेका छैनन्। टोली नै बनाएर मोक्तानको खोजी गरिरहेपनि पत्ता नलागेको सिंहदरवार बृतका प्रहरी निरीक्षक भोजबहादुर पाण्डेले बताए। उनी बस्दै आएको काठमाडौं कालिमाटीको डेराबाट अन्यत्रै सरेको खुलेको छ।

केपी शर्मा ओली प्रधानमन्त्री हुदा सिंहदरबार हाताबाट नै ओलीले रोपेको बुद्धचित्तको विरुवा चोरी भएको थियो। २०७३ जेठको तेस्रो सातामा करिब दुई महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा विभिन्न प्रकृतिका विरुवा रोपेर सिंहदरबारलाई हरियाली बनाउने अभियान थालेका थिए। उनले बोधिचित्तका दुई वटा विरुवा रोपेका थिए।

बुद्धचित्त चोरी भएको दुई महिनामा नै स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमल्सिनाको कार्यकक्षमा दिउँसै चोरी भयो। कार्यकक्ष भित्रैबाट आइफोन, ल्यापटप र एक लाख रुपैयाँ नगद हरायो। त्यसपछि प्रहरीले सिंहदरबारभित्रको सुरक्षा कडा बनाएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell