PahiloPost

Dec 15, 2018 | २९ मंसिर २०७५


अमेरिकामा समातिए १७ वर्षअघिका हत्यारा, इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी


सविन ढकाल

अमेरिकामा समातिए १७ वर्षअघिका हत्यारा, इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी

काठमाडौं : १७ वर्ष अगाडि एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना नेपालीलाई अमेरिकामा त्यहाँको प्रहरीले पक्राउ गरेको छ। 

झापा चन्द्रगढी ३ का ४० वर्षीय लीलाराम गौतमलाई पक्राउपछि नेपाल प्रहरीको इन्टरपोल शाखाले नेपाल ल्याउने तयारी थालेको छ। २०५७ साल असोज २८ गते गौतमले झापा चन्द्रगढी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेका थिए। बलात्कारपछि हत्या गरेको भन्दै जिल्ला अदालत झापाले सर्वोस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। भागेर भारत हुँदै उनी अमेरिका पुगेका थिए।

नेपाली राहदानीमै उनी अमेरिका पुगेको देखिएको छ। उनको राहदानी नम्बर ०९३०९४५३ रहेको छ।  

झापा चन्द्रगढीकै हत्याकान्डमा सीताराम बस्नेत र मनोज खड्काको पनि संलग्नता देखिएको थियो।



अमेरिकामा समातिए १७ वर्षअघिका हत्यारा, इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट