PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रियंका कार्की भन्छिन्,'नेपाली फिल्म इन्डस्ट्री चाँडो विकास हुँदैन'



पहिलोपोस्ट

प्रियंका कार्की भन्छिन्,'नेपाली फिल्म इन्डस्ट्री चाँडो विकास हुँदैन'

काठमाडौं: अभिनेत्री प्रियंका कार्कीले फिल्म 'बटरफ्लाई' प्रचार कार्यक्रममा आफ्नो पारिश्रमिक बारे बोलेकी छिन्। उनले आफूले एक फिल्म बराबर पाइरहेको पैसामा सन्तुष्ट भएको बताएकी हुन्।

भन्छिन्,'धेरै वा थोरै भन्दिन तर जति पाउँछु त्यतिले सन्तुष्ट छु। किनकी हाम्रो इन्डस्ट्री धेरै ठूलो छैन।' यस्तोमा नेपाली फिल्म इन्डस्ट्री र बलिउड दाज्न नमिल्ने समेत जनाइन्। बलिउडका कलाकारको पारिश्रमिकसँग नेपाली कलाकारले पाउने पारिश्रमिक तुलना गर्न नमिल्ने उनको तर्क हो। भनिन्,'हाम्रो इन्डस्ट्री धेरै सानो र धेरै पर छ। हामीइ त्यहाँ पुगेका छैनौं जहाँ कलाकार पुग्दो पैसा लिएर वर्षभर एक वा दुई फिल्मको लागि हिड्छन्। हामी त्यहाँ पुग्न अहिले सक्दैनौं।' प्रियंका कार्की अबको धेरै वर्षसम्म पनि नेपाली फिल्म इन्डस्ट्रीको विकास नहुने बुझाइ राख्छिन्। 

धेरै प्रोजेक्टहरुमा एकसाथ व्यस्त रहने नायिका हुन् उनी यस्तोमा कुनै फिल्म छायांकन वा डबिङका लागि समय दिनु पर्दा प्रचार प्रसारमा जुट्न सक्दिनन्। धेरै फिल्मकर्मीले यसै कारणले प्रियंकासँग गुनासो पोख्दै पनि आएकी छिन्। यस्तोमा उनको जवाफ छ,'११ करोड दिनुस् म पनि वर्षैभरी बलिउड कलाकार जस्तै एउटै फिल्मको लागि कुद्छु।'

प्रियंकाले फिल्म क्षेत्र आफ्नो सौख मात्र नभएर प्रफेसन समेत रहेको सुनाइन्। 'धेरै आफन्तले अब नाचेरै मात्र खाने की केही काम पनि गर्ने? भनेर प्रश्न गर्नु हुन्थ्यो। तर मेरो लागि त नाच्नु नै मेरो काम हो', उनी यसै क्षेत्रमा भविष्य बनाउन सकिन्छ भन्ने संदेश प्रवाह गर्न चाहन्छिन्। भनिन्,'फिल्म क्षेत्रमा लागेकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको हेर्न चाहन्छु।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell