PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डेङ्गुको खोपबाट १४ बच्चाको मृत्यु!



पहिलोपोस्ट

मनिला : फिलिपिन्समा डेङ्गुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंका सहित अनुसन्धान सुरु गरिएको छ। 

स्वास्थ्यमा सतर्कता अपनाउदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का गरिएको अधिकारीहरूले शुक्रबार जनाएका छन्।

‘डेङभाछिया’को विक्री वितरण गर्न सरकारले गत महिनादेखि नै बन्द गराएको थियो । फ्रान्सेली उत्पादक कम्पनी ‘सानोफी’ ले भने उक्त खोप मानव प्रयोगका लागि सुरक्षित रहेको बताएको छ । 
घटनाबारेमा अनुसन्धान गर्न स्वतन्त्र विज्ञहरुको एउटा टोली बनाएर खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन्। 

उनीहरुले एक वा दुई हप्ता भित्रमा प्रतिवेदन तयार पारेर बुझाउने अपेक्षा गरिएको स्वास्थ्य सचिव फ्रान्सीस्को दुक्युले जानकारी दिए। 

अनुसन्धानका क्रममा मृत्युको कारण के हो र मृत्युको पछाडी खोपको सम्बन्ध होला कि नहोला भनेर सोधिने भएको छ।  

फिलिपिन्समा गत बर्ष आठ लाख जना विद्यालय तहका बालबालिकाहरुलाई डेङ्गु विरुद्धको खोप दिइएको थियो । विश्वकै पहिलो डेङ्गु प्रतिरक्षा कार्यक्रम अन्तर्गत उनीहरुलाई खोप दिइएको हो ।   
रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell