PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

३ सय २४ यात्रु बोकेको विमानभित्र पाइलटबीच झगडा, दुई पाइलट ग्राउन्डेड



पहिलोपोस्ट

३ सय २४ यात्रु बोकेको विमानभित्र पाइलटबीच झगडा, दुई पाइलट ग्राउन्डेड

नयाँ दिल्ली : लन्डन-मुम्बई फ्लाइटका दौरान ककपिटभित्रै झगडा गरेवापत दुई सिनियर चालक दलका सदस्यलाई जेट एयरवेजले ग्राउन्डेड गरेको छ। को पाइलट रहेका कमान्डरले विमानमा रहेकी महिला कमान्डरलाई फ्लाइटका क्रममा चड्कन लगाएका थिए।

महिला पाइलटले चड्कनपछि ककपिट छाडेकी थिइन्। उनलाई पछि अनुरोध गरेर मुस्किलले ककपिटमा फिर्ता लगिएको थियो। तर केही क्षणमै उनी बाहिरिइन। फ्लाइटमा रहेका क्याबिन क्रु घनाले आत्तिएका थिए किनभने गन्तव्यसम्म यात्रा पुर्‍याउन सकिने हो या होइन भन्नेमा शंका पैदा भएको थियो। धन्न, विमान सकुशल नै उत्रियो।

नागरिक उड्ययनले पुरुष पाइलको लाइसेन्स सस्पेन्ड गरेको छ भने छानविन सुरु गरेको छ।

जेट एयरवेजको कल साइन ९ डब्लु ११९ रहेको बोइङ ७७७ मा यस्तो घटना भएको हो। ३ सय २४ यात्रु र १४ क्रु मेम्बर रहेको विमान  ९ घन्टाको यात्रामा थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell