PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सराङकोटस्थित माउन्टेन रिसोर्टको मजदुर हत्या आरोपमा शंकास्पद व्यक्ति पक्राउ



नरहरि पौड्याल

सराङकोटस्थित माउन्टेन रिसोर्टको मजदुर हत्या आरोपमा शंकास्पद व्यक्ति पक्राउ

पोखराः सराङकोटस्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एन्ड स्पा होटलका मजदुरहरुको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले केही शंकास्पद व्यक्ति पक्राउ गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार हत्यामा संलग्न पक्राउ परेपनि कति जना पक्राउ परे भने खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्गबहादुर खत्रीले भने, ‘हत्यामा संग्लग्न पक्राउ परेका छन्। अनुसन्धान जारी छ। भोलिसम्म पक्राउ व्यक्ति र घटनाबारे सार्वजनिक गरिनेछ।’

हत्या गरिएका दुई मजदूरको चार दिनपछि हिजोमात्र सनाखत भएको थियो। मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो। मृत्यु हुनेमा भोजपुर षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। 

गम्भीर घाइते अवस्थामा फेलापरेका आङदाना शेर्पाको भने मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनी होसमा आएपछि घटना र हत्याबारे प्रहरीलाई थप सफलता मिलेको हो।

मृतक दुईजना मजदूरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell