PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२ सय वर्ष पुरानो घटनालाई लिएर मुम्बईमा फैलियो जातीय हिंसा



पहिलोपोस्ट

२ सय वर्ष पुरानो घटनालाई लिएर मुम्बईमा फैलियो जातीय हिंसा

पुणे : भारतको पुणेमा सुरु भएको जातीय हिंसाले महाराष्ट्रसमेत चपेटामा परेको छ। दुई दिनयता सल्किएको हिंसाको आगोले भारतको आर्थिक राजधानी मुम्बईलाई पनि चपेटमा पर्यो । मुम्बईमा पनि हड्ताल, आगजनी र तोडफोड भए। 

नयाँ वर्षको अवसरमा पुणेको कोरे गाउँ भीमा गाउँमा सौर्य दिवश मनाइने गरिन्छ। यही दुई समुदायबीच झडप भएको थियो। झडपमा एकजनाको ज्यान गयो।

पुणेमा भएको हिंसालाई लिएर महाराष्ट्रका मुख्यमन्त्री देवन्द्र फडन्विसले सरकारलाई बदनाम गराउने षड्यन्त्र भएको बताएका छन्। सरकारले दंगामा परी मर्नेको परिवारलाई १० लाख रुपैयाँ दिने घोषणासमेत गरेको छ। 

सोमबार हिंसा महाराष्ट्रका अन्य शहरहरुमा पनि फैलिएको थियो। यतिसम्म कि एम्बुलेन्ससमेत चपेटामा परेको छ। रेलसमेत ठप्प भएको छ।
सौर्य दिवश २ सय वर्ष पूरा भएको उपलक्ष्यमा धेरै मानिसहरु भेला भएका थिए। सन् १८१८ मा ब्रिटिस र पेशवा बाजिराव द्वीतीयबीच युद्ध भएको थियो। बेलायती सेना यहाँ पराजित भएको थियो। बेलायती सेना अर्थात् इस्ट इन्डिया कम्पनीमा दलितहरु पनि थिए, जो मारिए। यसै विषयलाई लिएर झडप सुरु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell