PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रम्प नीतिका कारण ७५ हजार भारतीयले अमेरिका छाड्नुपर्ने !



पहिलोपोस्ट

ट्रम्प नीतिका कारण ७५ हजार भारतीयले अमेरिका छाड्नुपर्ने !

नयाँदिल्ली : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एच वान बी भिसासम्बन्धी एक कानुनी प्रस्तावमा काम गरिरहेको र उक्त प्रस्ताव पारित भए अमेरिकामा रहेका हजारौं भारतीय प्रभावित हुने देखिएको छ।

एच वान बी भिसामार्फत ग्रिनकार्डको पर्खाइमा रहेकाहरु यस कानुनबाट प्रभावित हुने छन्। उक्त कानुन पारित भएमा आइटी क्षेत्रमा काम गरिरहेका ७५ हजार भारतीयले अमेरिका छाड्नुपर्नेछ। अमेरिकामा होमल्यान्ड सेक्युरिटीले आप्रवासीसम्बन्धी नीति नियम तर्जुमा गर्दै आएको छ।

पछिल्लोसमय राष्ट्रपति ट्रम्प आप्रवासीप्रति अनुदार देखिदै आएका छन्। आप्रवासीका कारण आतंकवादी घटना बढेको भन्दै ट्रम्पले यस्तो नीति बनाउन थालेका हुन्।

अमेरिकामा हरेक वर्ष ८५ हजारलाई ननइमिग्रेन्ट एचवान बी प्रदान गर्दै आएको छ जसमा ७० प्रतिशत भिसा भारतीयले पाउँदै आएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell