PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ढाका टोपी शिरैमा ढलक्क ढल्कियो, पाँचौँ टोपी दिवस हेर्नुस् फोटोमा

ढाका टोपी शिरैमा ढलक्क ढल्कियो, पाँचौँ टोपी दिवस हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं :  ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ। 

दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्‍याली निकालेका छन्। माइतीघरबाट सुरु भएको र्‍याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो। 

र्‍यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो। सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए। 

पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ। पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत चार वर्षदेखि र्‍याली नै निकालेर दिवस मनाउन थालिएको छ। 

 


ट्रेन्डिङ पोस्ट

Ncell