PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

इपीएलको ११ कीर्तिमान

इपीएलको ११ कीर्तिमान

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो डोमेस्टिक प्रतियाेगिता एभरेष्ट प्रिमियर लिग हिजोबाट सकिएको छ। फाइनलमा पारस खड्काको कप्तानीमा विराटनगर वारियर्सले शरद भेषावकरको भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै उपाधि जित्यो। निकै रोमाञ्चक फाइनल प्रतियोगिताकै गेम अफ दी टुर्नानामेन्ट बन्यो।

नेपालको डोमेस्टिक क्रिकेट टुर्नामेन्टमा पहिलो पटक मैदानमै साइड स्कृन राखेर उपस्थित दर्शकदलाई समेत स्कृनमा खेल प्रत्यक्ष देखाइएको थियो। त्यही स्कृनबाट पहिलो पटक थर्ड अम्पाएरको प्रयोग समेत भयाे।

१३ दिनसम्म सञ्चालन भएको खेलमा कूल १९ खेल भए भने विभिन्न खालका कीर्तिमान बने। इपीएलमा बनेका केही कीर्तिमान

 

अनडिफिटेड च्याम्पियन

विराटनगर वारियर्सले प्रतियोगिताभर कुनै खेल हारेन। अपराजित रहँदै च्याम्पियन बन्यो। विराटनगरले लिग चरणमा खेलेका सबै ५ खेल जितेर शीर्ष स्थान हात पारेको थियो। पहिलो क्वालिफायरमा भैरहवालाई हराएको विराटनगरले फाइनलमा पनि भैरहवालाई नै पराजित गर्दै उपाधि जितेको हो।

 

भैरहवाको ह्याट्रिक हार

फाइनलमा पराजित भएको भैरहवाले भने हारको कीर्तिमान बनायो। भैरहवाले इपीएलमा ३ खेल हार्‍यो र तीन वटै पराजय एउटै टिमसँग रह्यो।

लिग चरणमा भैरहवा विराटनगरसँग मात्र पराजित भएको थियो। लिगमा दोस्रो भएको भैरहवाले पहिलो क्वालिफायर्समा विराटनगरसँग खेल्दा पराजित भएको थियो। फाइनलमा पनि भैरहवा विराटनगरसँगै हार्‍यो। यस्तोमा भैरहवा र त्यस टिमका खेलाडीले ह्याट्रिक हार बेहोरे।

दर्शकको कीर्तिमान

नेपालमा अन्तर्राष्ट्रिय खेल नभएको धेरै भयो। नेपालले अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्दा दर्शक टीयू मैदानसम्मै पूगेर टिमलाई समर्थन गर्थे। तर डोमेस्टिक टुर्नामेन्टहरु हुँदा भने गणना गर्न सकिने दर्शक प्रत्यक्ष खेल हेर्न पुग्थे। इपीएलमै पनि यसअघिका १९ खेलमा दर्शकको संख्या धेरै थिएन। तर शनिबरको दृश्य फरक थियो।

डोमेस्टिक टुर्नामेन्टकाे खेल भएपनि झण्डै १५ हजार दर्शक टीयू मा फाइनल खेल हेर्न पुगे। धेरै समयपछि टीयू मा यतिका धेरै दर्शकले प्रत्यक्ष खेल हेरे। खेलपछि विराटनगरका कप्तान पारस खड्कालाई यतिका दर्शक अपेक्षा गर्नुभएको थियो भन्ने प्रश्नमा समेत उनले आश्चर्य जनाए। 'मैले साँच्चै यति धेरै दर्शक अपेक्षा गरेको थिइँन।'

सर्वाधिक रन

च्याम्पियन टिम विराटनगरका विदेशी खेलाडी बाबर हायतले प्रतियोगिताभर सर्वाधिक ३१३ रन बनाए। हङकङका कप्तान समेत रहेका बाबरले ७ खेलमा ३ अर्धशतक समेत प्रहार गरे। उनको व्यक्तिगत उच्च स्कोर ८१ रह्यो। जुनले उनले चितवन टाइगर्स विरुद्ध बनाएका थिए। उनले चितवनका कप्तान दीपेन्द्रलाई एकै ओभरमा लगातार ४ छक्का समेत प्रहार गरेका थिए।

प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीको शीर्ष चार स्थानसम्म विदेशी खेलाडी नै रहे। विराटनगरकै अंशुमन रथले २७० रन बनाए। सर्वाधिक रन बनाउने नेपाली खेलाडी आरिफ शेख रहे। ७ खेलमा १८७ रन बनाएका उनी पाँचौ स्थानमा रहे। पाँचौ देखि एघारौँ स्थानसम्म भने नेपाली खेलाडी नै रहे।

प्रतियोगिताभर कूल १४ अर्धशतक प्रहार हुँदा ४ अर्धशतक नेपाली खेलाडीको नाममा रह्यो।

सर्वाधिक विकेट

प्रतियोगितामा दुई खेलाडीले सर्वाधिक १२-१२ विकेट लिए। विराटनगरबाट खेलेका बसन्त रेग्मी तथा पोखराबाट खेलेका पाकिस्तानी खेलाडी इस्रारउल्लाहले १२ विकेट लिएका हुन्। त्यसका लागि बसन्तले ७ खेल खेले भने इस्रानले ६ खेल खेले। त्यसैले इकोनोमी राम्रो रहेका इस्रार अगाडि रहे। इस्रारले ८.६६ को एभरेजमा विकेट लिदा बसन्तले ९.३३ को एभरेजमा विकेट लिए। अन्तिम खेलमा बसन्तले विकेट लिएका भए बसन्त सर्वाधिक विकेट लिने खेलाडी बन्थे। यस्तै नेपाली खेलाडीमध्ये सर्वाधिक विकेट लिनेमा पारस खड्का र भैरहवाका हरीशंकर शाह रहे। दसवैले १०-१० विकेट लिए। सर्वाधिक विकेट लिनेको शीर्ष दशमा नेपालका ८ खेलाडी हरदा २ मात्र विदेशी रहे।

प्रतियोगितामा चितवनका प्रविण गुप्ताले लगातार तीन बलमा विकेट लिदै ह्याट्रिक विकेट लिएका थिए। तर उनले एउटा विकेट वाइड बलमा लिएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो ह्याट्रिकलाई मान्यता दिने चलन छैन।

२१ विदेशी खेलाडी

यस पट इपीएलको फरक पाटो विदेशी खेलाडी थियो। आयोजकले सहभागी प्रत्येक टिमलाई ३ विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने नियम बनाएको थियो। त्यसअनुसार ६ टिमले ३-३ विदेशी खेलाडी राखे। त्यसबाहेक फाइनलसम्म आइपुग्दा ललितपुरले सुरुमा ल्याएको दुई विदेशी खेलाडी परिवर्तन गर्‍यो। यस्तै भैरहवाले पनि एक खेलाडी फर्केपछि उनको स्थानमा नयाँ विदेशी खेलाडी ल्याएको थियो।

 

१२ क्याच

ब्याट्म्यानले सर्वाधिक रन बनाउँछन् बलरले सर्वाधिक विकेटको कीर्तिमान बनाउँछन्। यस्तै पिल्डरको लागि पनि आफ्नो क्षमता देखाउने ठाउँ हुन्छ। उत्कृष्ट फिल्डिङ गर्ने रन रोक्ने क्याच गर्ने। प्रतियाेगिताभर सर्वाधिक क्याच लिने खेलाडी पनि विराटनगरका अनिल शाह रहे। उनले ७ खेल खेल्दा कूल १२ क्याच लिए। उनले एउटै खेलमा सबैभन्दा धेरै ३ क्याच लिएका थिए।

यस्तै विकेटकिपरको रुपमा सबैभन्दा धेरै आउट गर्ने खेलाडी चितवन टाइगर्सका दीलिप नाथ रहे। उनले कूल ११ खेलाडीलाई आउट गर्ने क्रममा ४ क्याच लिए भने ७ स्टम्पिङ गरे।

एकै ओभरमा ३६ रन, तर ६ छक्का होइन

विराटनगर र भैरहवाबीचको फाइनल खेल निकै रोमाञ्चक बन्यो। क्रिकेटमा हुने सबैखाले एक्साइटमनेट र थ्रील थियो उक्त खेलमा। जहाँ विराटनगरले १ रनको जित निकाल्यो। पहिले ब्याटिङ गरेको विराटनगरका लागि अर्का हङकङका खेलाडी अंशुमन रथले सर्वाधिक ४१ रनको योगदान गरेका थिए। तर बलिङमा भने उनी चुके।

उनले १ ओभर बलिङ गर्दा विपक्षीलाई ३६ रन दिए। तर त्यो ६ छक्का भने थिएन। अंशुमनले उक्त ओभरमा ३ नो बल फ्याकेका थिए भने एक वाइड बल थियो। भैरहवाका कप्तान शरद भेषावकरले उक्त ओभरमा ४ छक्का र १ चौका प्रहार गरेका थिए।

 

पार्टनरसिप

इपीएलको २ खेलमा सय भन्दा बढी रनको पार्टनरसिप भए। पोखरा राइनोजले आफ्नो पहिलो खेलमै चितवन टाइगर्सलाई १० विकेटले हराउँदा ओपनरद्वय इस्रारउल्लाह र सुनिल धमालले ११६ रनको पार्टनरसिप गरेका थिए। जुन प्रतियोगिताकै सबैभन्दा ठूलो पार्टनरसिप बन्यो।

चितवन टाइगर्स विरुद्ध नै विराटनगरका दुई विदेशी खेलाडी बाबर अंशुमनले दोस्रो विकेटका लागि १०७ रनकमो पार्टनरसिप गरेका थिए। प्रतियोगिताभर भएका खेलमा सबै विकेटका लागि दोहोरो अंकमा पार्टनरसिप बनेको थियो। सबैभन्दा सानो पार्टनरसिप नवौँ विकेटका लगि थियो। भैरहवाका कृष्ण र भुवन कार्कीले नवौँ विकेटका लागि ३० रनको पार्टनरसिप गरेका थिए। दशौँ विकेटका लागि पोखराका किशोर महतो र ताज वालीले समेत ३३ रनको पार्टनरसिप गरेका थिए।

 

२१ लाख पुरस्कार

च्याम्पियन विराटनगरले इपीएल ट्रपीसँगै नगद २१ लाख पुरस्तार हात पारे।यो। जुन नेपाली डोमेस्टिक क्रिकेटमा अहिलेसम्मको सर्वाधिक ठूलो रकम हो। यसअघि पिएम कप वान डे क्रिकेटमा विजेताले २० लाख पुरस्कार दिइएको थियो।

यस्तै टी-२० मा अर्को सर्वाधिक पुरस्कारको घोषणा भइसकको छ। यसै वर्षको अन्त्यमा हुने धनगढी प्रिमियर लिगको विजेतालाई नगद २५ लाख दिने आयोजकले घोषणा गरेको हो।

आइसीसीको मान्यता

जुन देशमा क्रिकेटको सर्वोच्च निकाय विश्व क्रिकेटको सर्वोच्च नियका आइसीसीबाट निलम्वनमा छ त्यो देशमा आइसीसी कै मान्यता डोमेस्टिक क्रिकेट प्रतियोगिताको रुपमा इपीएल सम्पन्न भयो। नेपालमा भएको डोमेस्टिक क्रिकेटले आइसीसीको मान्यता पाएकाे यो पहिलो पटक हो। यस्तै प्रतियोगिताको दुई दिन अघि मात्र आइसीसीले इपीएललाई मान्यता दिएको थियो र त्यसका लागि आयोजकले इपीएल प्रालिले २० हजार अमेरिकी डलर बुझाउनुपर्ने आइसीसीले जनाएको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell