PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फोटोमा हेर्नुस्, शनिबार ब्रेक थ्रु गरिएको मेलम्चीको सुरुङ

फोटोमा हेर्नुस्, शनिबार ब्रेक थ्रु गरिएको मेलम्चीको सुरुङ

पहिलोपोस्ट /पहिलोपोस्ट


मेलम्ची :  बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थ्रु) भएको छ।

सो खण्डको ८.३ किलोमिटर सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार दुई वटा विस्फोट गराइ ब्रेक थ्रु (सुरुङ छेड्ने काम) भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताए। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ।

सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ। मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मध्ये सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९.५ किलोमिटर सुरुङ गत वर्षनै सम्पन्न भइसकेको छ।
फोटोः पूर्णप्रसाद मिश्र, रासस
 


ट्रेन्डिङ पोस्ट

Ncell