PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​१८ वर्ष भयो तर खुलेन रहस्य : आखिर काठमाडौँमा तैनाथ ‘र’ अधिकारी विमानमा के गर्दै थिए?



पहिलोपोस्ट

​१८ वर्ष भयो तर खुलेन रहस्य : आखिर काठमाडौँमा तैनाथ ‘र’ अधिकारी विमानमा के गर्दै थिए?

काठमाडौँ : १७६ जना यात्रु र १५ जना चालक दलका सदस्य चढेको भारतको राष्ट्रिय ध्वजावाहक इन्डियन एयरलाइन्सको फ्लाइट आइसी ८१४ आजैका दिन अपहरणमा परेको थियो। 

१८ वर्ष भइसक्यो यो घटना भएको तर एउटा रहस्य अझैसम्म पनि खुलेको छैन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेको यो विमानको सिट नम्बर ‘१६ सी’मा भारतीय जासुसी एजेन्सी ‘र’ का अधिकारी के गर्दै थिए?

विमान अपहरण हुँदा तत्कालीन भारतीय मिडिया (जि टिभी)ले एक नेपाली गजेन्द्र ताम्राकारलाई अपहरणमा संलग्न भएको ठोकुवा गर्दै समाचार प्रसारण गरेको थियो। ताम्राकारको निधन भइसक्यो तर उनको दोष कहिल्यै प्रमाणित भएन, न टिभीले औपचारिक रुपमा यसबारे माफी नै माग्यो। 

भारतीय मिडियासमेत अनभिज्ञ रहेको र जवाफ मागिरहेको एउटा विषय भने यही ‘र’का अधिकारीको विमानमा उपस्थितिबारे हो। 

उनी थिए – एसबिएस तोमार। पूरा नाम शशिभुषण सिंह तोमार। उनको देखाउने जागिर थियो काठमाडौँस्थित भारतीय दूतावासमा फर्स्ट सेक्रेटरी। तर उनको काम थियो भारतीय जासुसी एजेन्सी ‘र’ को काम गर्ने। 

उनी विमानमा रहेको कुरा विमान अपहरणकारीलाई मात्र हैन, कसैलाई पनि पत्तै थिएन त्यतिबेला। पछि यो कुरा खुल्यो तर कसरी उनी त्यो विमानमा रहे भन्ने चाहिँ बताइएन। अहिलेसम्म औपचारिक रुपमा तत्कालीन सरकारी अधिकारीहरुले ‘ब्याड कोइन्सिडेन्स’ लाई कारण बताउँदै आएका छन्। 

‘र’ प्रमुखको किताबले बल्झायो विषय

भारतीय विमान अपहरण हुँदा ‘र’ प्रमुख थिए- एएस डुलाट। पोहोर उनले एउटा किताब लेखे- ‘काश्मिर : द वाजपेयी इयर्स’। 

किताबमा भारतीय विमान अपहरणको विषय पनि उल्लेख थियो। तर यो विषयमा उनी इमान्दार भएनन् र कुरा लुकाए भनेर भारतीय मिडियामा नै प्रश्न उठेको थियो। 

फर्स्टपोस्टमा एसएमएन अब्दीले लेखेका छन्- ‘डुलाटको पुस्तकमा विमानमा रहेको ‘र’ का अधिकारीबारे एक शब्द पनि उल्लेख छैन। मैले उनलाई फोन गरेर यो बारे सोध्दा उनले केही कुरा अफ दि रेकर्ड (प्रकाशन नगर्ने शर्तमा) बताए भने अन रेकर्डमा भने, ‘केही कुरा भन्नुभन्दा नभन्नु उचित हुन्छ।‘

‘तर मलाई त्यस्तो लाग्दैन। तोमारको अपहरित विमानमा उपस्थितिलाई कसैले नकार्न सक्दैन। मैले प्रश्न सोध्दा पनि उनले यसलाई नकार्न सकेनन्। बरु यसलाई लुकाउने प्रयास गरे। डुलाटले किताबमै यो बारे प्रष्ट्याउनु पर्थ्यो र सत्य लेख्नुपर्थ्यो। वा उनको आत्माले दिन्छ भने ढाँटे हुन्थ्यो। तोमारको बारेमा राष्ट्रलाई कसैले स्पष्ट पार्नुपर्छ भने त्यो व्यक्ति डुलाट नै हो। तीन कारणले- एक उनले आफू र चिफ हुँदाको किताब लेखेका छन्। त्यही बेला विमान अपहरण भएको हो र त्यतिबेला उनी र मै काम गर्थे। उनी किन र कसरी त्यो विमानमा रहे?’

‘धेरैले के विश्वास गर्छन् भने अमृतसरमा विमान रोकिँदा कमान्डोलाई आक्रमण गर्न नदिनुको कारण तोमार त्यहाँ भित्र रहनु थियो। कमान्डो पठाउने प्रस्ताव तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयीका सेक्रेटरी एनके सिंहले अस्वीकृत गरिदिएका थिए। सिंहकी कान्छी बहिनी विमानमा रहेका र अधिकारी तोमारका श्रीमान् थिए। ज्वाइँको सुरक्षाका लागि सिंहले त्यस्तो गरेका थिए।‘ 

विमान अमृतसरबाट पाकिस्तानको लाहौर त्यसपछि दुबई हुँदै अफगानिस्तानको कन्दहारमा अवतरण भयो। विमानमा रका अधिकारी तोमार सवार रहेको भन्ने कुरा भारतले गोप्य राख्न चाहेको थियो। तर अपहरित विमान कन्दहारमा रहेकै बेला पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता तारिक अल्ताफले अन्तर्राष्ट्रिय मिडियाका अगाडि २७ डिसेम्बरका दिन अपहरित विमानमा रका अधिकारी रहेको खुलासा गरेका थिए। तर अधिकांश भारतीय मिडियाले भने त्यतिबेला त्यसलाई सेन्सर नै गरेको थियो।‘ 


किताब छापिएपछि नै रका पूर्व जुनियर अफिसर आरके यादवले डुलाटलाई तथ्य लुकाउन खोजेको आरोप लगाएको समाचार डेली मेलमा प्रकाशित भयो। 

यादवले लेखेको ‘मिसन र’ किताबमा भने तोमरको नाताकै कारण अमृतसरमा कमान्डो अपरेसन नभएको उल्लेख छ। तोमारलाई काठमाडौँको त्रिभुवन विमानस्थलमा रहेका स्रोतहरुलाई उद्धृत गर्दै रका कनिष्ठ अधिकारी युभि सिंहले विमान अपहरण हुनसक्ने संकेत दिएको तर उनले हेडक्वार्टरलाई यसबारे जानकारी नदिएको दावी किताबमा गरिएको छ। 

काठमाडौँस्थित पाकिस्तानी दूतावासमा तैनाथ कुटनीतिज्ञ मोहम्मद अर्सद चीमा ‘म्याक’ ले विमान अपहरणको योजना रचेको पनि डुलाटले उल्लेख नगरेको पुस्तकमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell