PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

छिमेकी मुलुकबाटसमेत गरिबी घटाउने योजना चीनको उच्च प्राथमिकतामा



पहिलोपोस्ट

छिमेकी मुलुकबाटसमेत गरिबी घटाउने योजना चीनको उच्च प्राथमिकतामा

काठमाडौँ : चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औँ राष्ट्रिय महाधिवेशनले शान्त र समृद्ध विश्व निर्माणमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्देश प्रवाह गरेको छ। 

महाधिवेशनले महासचिव सी जीन फिङले प्रस्तुत गरेको विचारधारालाई उनकै नामको दस्तावेजको रुपमा महाधिवेशनले अनुमोदन गरेको त्यहाँका एकजना वरिष्ठ नेताले बताएका छन्। 

महाधिवेशनबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्यक्ष वाङ वेगुहाङले पार्टीको राष्ट्रिय महाधिवेशनले चीनभित्र मात्र नभई छिमेकी मुलुकबाट समेत गरिबी घटाउने योजनालाई उच्च प्राथमिकता दिएको बताए। 

उनले चीनबाट भ्रष्टाचारलाई निमिट्यान्न पार्ने, धनी र गरिबबीचको असमानतालाई अन्त्य गर्दै आधुनिक समाजवादी मुलुक निर्माणलाई लक्ष्य बनाएको जानकारी दिए। नवचीन निर्माणमा महासचिव एवम राष्ट्रपति सीबाट नेतृत्वदायी भूमिका निर्वाह भईरहेको पनि उनले बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell