PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्म बनाउन जस्तो सजिलो छैन काठमाडौं बनाउन : विद्यासुन्दर शाक्य



पहिलोपोस्ट

फिल्म बनाउन जस्तो सजिलो छैन काठमाडौं बनाउन : विद्यासुन्दर शाक्य

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूलाई फिल्म निर्मातासँग तुलना गरेका छन्। काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को समापन समारोहमा उनले आफ्नो र फिल्म निर्माताको काम उस्तै भएको बताएका हुन्। उनले भने,'फिल्म निर्माताको जिम्मेवारी उत्कृष्ट फिल्म बनाउनु हो। मेरो काम उत्कृष्ट सहर बनाउनु।'

तर काठमाडौं वा कुनै सहर निर्माण फिल्म बनाउन जस्तो सजिलो नभएको उनको दाबी छ। उनले फिल्ममा जस्तो स्क्रिप्ट अनुसार चल्न नसक्ने भएकाले आफ्नो जिम्मेवारी तुलनात्मक रुपमा गाह्रो भएको बताए। विद्यासुन्दर भन्छन्, 'योजना अनुसार चल्नको लागि पनि काठमाडौंको सबै निकाय समन्वयकारी छैन। हामी बाटो बनाउँछौं अर्को कुनै निकाय भत्काउँछ।'

शाक्यले आफू पनि निर्देशकको सही निर्देशन अनुसार चल्न पाए सजिलो हुने आशा समेत व्यक्त गरे। भने,'त्यसरी गरिएको काम जज गर्न फिल्म प्रतियोगिताको जस्तो सिमित होइन ४० लाख निर्णायक हुन्छन्। त्यस्तोमा सबैको चित्त बुझाउन गाह्रो हुन्छ।' उनले आफू सधैं काठमाडौं बिकास निर्माणका लागि काम गरेर अवार्ड दाबेदार निर्माता बन्न कोसिस गर्ने बताए।

विद्यासुन्दर शाक्यले 'अडियन्स च्वाइस अवार्ड' विजेता 'द लास्ट हनि हन्टर' निर्देशक बेन नाइटलाई अवार्ड हस्तान्तरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell