PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं महानगरपालिकाले न्यूरोडमा बनाउँदैछ स्मार्ट पार्किङ हब, लिफ्टले गाडी पार्किङमा राख्ने



दिनेश खड्का

काठमाडौं :  काठमाडौ महानगरपालिकाले न्यूरोडको धर्मपथमा स्मार्ट कार पार्किङ निर्माण प्रकृया अघि बढाएको छ।

न्यूरोडको धर्मपथ र टेकु दुबै स्थानको स्वचालित स्मार्ट कार पार्किङका लागि  सम्भाव्यता अध्ययन सकेको छ। महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालका अनुसार सम्भाव्यता अध्ययन प्रतिवेदनसमेत प्राप्त भइसकेको बताए। उनले पहिलो चरणमा धर्मपथमा पार्किङ निर्माण हुने बताए।

अध्ययन अनुसार  पाँच तले पार्किङस्थल बनाउन सकिन्छ। जमीनमुनी(अन्डरग्राउण्ड) दुर्इतला र जमीनमाथि तीन तला रहनेछ।यो पार्किङस्थलमा तीन सय कार राख्न सकिने प्रतिवेदनमा उल्लेख छ।

शुक्रबार काठमाडौ महानगरपालिकाको २३ औं स्थापना दिवसका अवसरमा मेयर विद्यासुन्दर शाक्यले स्मार्ट कार पार्किङ निर्माण प्रक्रिया अघि बढिसकेको बताएका थिए।

उनले उपत्यकामा व्यवस्थित पार्किङ नभएकाले समस्या भएको भन्दै तत्काल टेकु र धर्मपथमा निर्माण थालिने बताएका थिए। धर्मपथमा महानगरको १ रोपनी ११ आना आफ्नै जग्गा छ।

युनिभर्सल होल्डिङ नेपालले सम्भाव्यता अध्ययन गरेको हो। महानगरले चालु आर्थिक वर्ष ०७४/०७५ को नीति तथा कार्यक्रममा समेत भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङुनिर्माण गरिने उल्लेख छ।

टेकुमा सात रोपनी जग्गामा स्वचालित कार पार्किङको योजना अघि सारेको महानगरपालिकाले जनाएको छ।यो दोस्रो चरणमा निर्माण थालिने छ।
एउटा पार्किङ निर्माणका लागि करिव एक अर्ब रुपैया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

पार्किङ निर्माणका लागि स्वदेशी वा विदेशी कम्पनी खोज्ने बारेमा महानगरमा छलफल भइरहेको सहप्रवक्ता ढकालले बताए।उनका अनुसार पुसभित्र निर्माणको टुंगो लाग्ने र आगामी ६ महिनामा डिजाइन तयार पारेर टेण्डर आब्हान गरिनेछ।

कस्तो हुन्छ स्मार्ट पार्किङ ?
महानगरका अनुसार स्वचालित स्मार्ट पार्किङ अत्याधुनिक हुनेछ। पार्किङ स्थलमा गाडी लगेपछि एउटा कार्ड लिनुपर्छ । त्यसपछि आफूले पार्किङका लागि चाहेको तला र कोठामा पार्किङ गर्न सकिन्छ। पार्किङका लागि लिफ्टमार्फत कारलार्इ पार्किङ गर्ने ठाउँमा पुर्याउँछ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell