PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

फिलिपिन्समा आँधी र पहिरोमा परी २६ जनाको मृत्यु, ४६ बेपत्ता



पहिलोपोस्ट

फिलिपिन्समा आँधी र पहिरोमा परी २६ जनाको मृत्यु, ४६ बेपत्ता
फोटो श्रोतःpolitico.com

मनिला :  फिलिपिन्समा भीषण आँधी र पहिरोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना हराइरहेका छन् । 

काइ–ताक नामक आँधी तथा त्यसलगत्तैको गएको भीषण पहिरोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन्। 

बिलिरन, लेएटे पूर्वी समार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ। भीषण आँधी र पहिरोको कारण ४६ जना बेपत्ता भएका छन्। 

बेपत्ता भएका व्यक्तिहरु फिलिपिन्सको मध्य प्रान्त रोमब्लोनका रहेका जनाइएको छ। फिलिपिन्सका केही प्रान्तहरुमा गत शनिबारदेखि सुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो। आँधीका कारण कैयौँ उडान र डुङ्गाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell