PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुई खेल बाँकी छँदै अष्ट्रलियाले जित्यो एसेस सिरिज, इंगल्याण्ड इनिङ्स र ४१ रनले पराजित



पहिलोपोस्ट

दुई खेल बाँकी छँदै अष्ट्रलियाले जित्यो एसेस सिरिज, इंगल्याण्ड इनिङ्स र ४१ रनले पराजित

तेस्रो टेष्टमा इंगल्याण्डलाई एक इनिङ्स र ४१ रन अन्तरले पराजित गर्दै घरेलु टोली अष्ट्रेलियाले दुई खेल बाँकी छदै एसेस सिरिज जितेको छ।

पहिलो इनिङ्समा २५८ रनले पछि परेको इंगल्याण्ड दोस्रो इनिङ्मा २१८ रनमै अलआउट भएपछि अष्ट्रलियाले फराकिलो अन्तरको जित हात पारेको हो।

पर्थको वाका ग्राउण्डमा इंगल्याण्डले १३२/४ बाट पाँचौ दिनको खेल थालेको थियो। तर थप ८६ रन बनाउने क्रममा बाँकी ६ विकेट गुमाएपछि इंगल्याण्डले सिरिज समेत गुमायो।

अष्ट्रलियाका जोस हाजेलउडले ५ विकेट लिएपछि इंगलिस इनिङ्स ध्वस्त बनेको थियो। इंगल्याणका लागि डेविड मालानले ५४ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

हाजेलउडले १८ ओभरमा ६ मेडन राख्दै ४८ रन अखर्चेर ५ विकेट लिएका हुन्। यस्तै प्याट कमिङ्स र नाथन लियोनले २/२ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डमा मालानको पहिलो टेष्ट शतक मद्दतमा पहिलो इनिङ्समा ४०२ रन बनाएको थियो। तर कप्तान स्टिभ स्मिथले २३९ तथा मिचेल मार्सले १८१ रन बनाएपछि अष्ट्रलियाले पहिलो इनिङ्समा ६०२ रनको उच्च स्कोर बनाएको थियो।

अष्ट्रेलियाले पहिलो टेष्ट १० विकेटले जितेको थियो भने दोस्रो टेष्टमा १२० रनले विजयी भएको थियो।

चौथो टेष्ट मेलवर्नमा डिसेम्वर २६ बाट सुरु हुँदैछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell