PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानन्यायाधीशले भने–राजनीतिक प्रकृतिका काम कारबाहीले न्याय परिषद्को काम प्रभावित हुनु हुँदैन



पहिलोपोस्ट

प्रधानन्यायाधीशले भने–राजनीतिक प्रकृतिका काम कारबाहीले न्याय परिषद्को काम प्रभावित हुनु हुँदैन

काठमाडौ :  प्रधानन्यायाधीश गोपाल पराजुलीले राजनीतिक स्वरुपमा फेरबदल वा सरकारको गठन विघटन जस्ता राजनीतिक प्रकृतिका काम कारबाहीले न्याय परिषद्का काम कारबाही प्रभावित हुन नहुने बताएका छन्। 

न्याय परिषद्को २७औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले संवैधानिक एवम् राजनीतिक संक्रमणको अवस्थामा संवैधानिक प्रक्रिया बमोजिमको सरकार गठन विघटनको प्रक्रिया सुरु भई काम चलाउ सरकार भएको अवस्थामा न्याय परिषद् र आयोगले आफना नियमित काम कारबाहीको सम्पादन गर्ने बताए। 

न्याय परिषद् कार्यकारी वा राजनीति प्रकृतिको कुनै निकायको हस्तक्षेप वा प्रभावबाट मुक्त रही स्वतन्त्र ढंगले कार्य सम्पादन गर्ने स्वतन्त्र संवैधानिक अंग भएकाले स्वतन्त्रन्यायपालिकाको मूल्य मान्यतामा आधारित भएर कार्य सम्पादन गर्ने बताए। 

प्रधानन्यायाधीश पराजुलीले कुनै सन्दर्भ, परिवर्तन वा घटनालाई मात्रआधार बनाएर परिषद्ले आफनो संवैधानिक दायित्व र भूमिकानिर्वाह गर्नबाट विभुख नभई निरपेक्ष, स्वतन्त्र र वस्तुनिष्ठ रुपमाआफनो कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे।

उनले इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशहरुको प्रतियोगितात्मक लिखित परीक्षामार्फत नियुक्तिगर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए। 

कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले संविधानले न्यायाधीशनियुक्तिको काम न्याय परिषद्लाई दिएकाले रिक्त रहेका उच्चअदालतका मुख्य तथा न्यायाधीश नियुक्ति छिटो गर्न आग्रह गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell