PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकार गठन र पार्टी एकता सँगै अघि बढाउने माओवादीको निर्णय



पहिलोपोस्ट

सरकार गठन र पार्टी एकता सँगै अघि बढाउने माओवादीको निर्णय

काठमाडौं :  नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ।

निर्वाचनपछि आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

पार्टी एकीकरण गर्ने उद्देश्यसहित वाम गठबन्धन गरेर निर्वाचनमा गएका दुई पार्टीलाई जनाताले बहुमत दिएर अनुमोदन गरिसकेकोले पार्टी एकीकरणलाई  अघि बढाउने उनले बताइन्। 

त्यस्तै बैठकले राष्ट्रिय सभा गठन पक्रिया राष्ट्रिय मुद्दा भएकाले प्रमुख तीन दल बसेर राजनीतिक रुपमा समाधान गर्न पहल कदमी लिने निर्णय पनि गरेको छ। बैठकले शान्तिपूर्ण रुपमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको निष्कर्ष निकालेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell