PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सस्तो सामानको आसमा पोखरेली ठगिए, करोडौं ठगेर भारतीय व्यापारी फरार



नरहरि पौड्याल

सस्तो सामानको आसमा पोखरेली ठगिए, करोडौं ठगेर भारतीय व्यापारी फरार

पोखरा : पोखरामा सस्तो सामान बेच्ने एक व्यापारी करोडौं ठगेर भागेका छन्। सस्तो सामान बेच्ने आश्वासन दिएर पोखरेलीसँग अग्रिम रकम असुलेका भारतीय व्यापारी भागेका हुन्। 

पोखराको सृजनाचोकस्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय नागरिक राजेन्द्र थेङवेलले सयौं स्थानीयसँग रकम संकलन गरी सम्पर्कविहीन भएपछि उपभोक्ता ठगिएका हुन्। 

अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले केहि समय अघि जनतासँग विश्वास जित्न ईलेक्टिक, फर्निचरलगायतका सामानहरु बजार मुल्य भन्दा करिब ३५ प्रतिशत सस्तो दिएका थिए।

तर शुक्रबारदेखि भने उनी सम्पर्कमा छैनन्। पोखरा नागबेलीमार्ग ८ कि अर्पना थापाले डेढलाख भन्दा बढी रुपैयाँ बुझाएर सामान अर्डर गरेको बताइन्।

अधिकांश व्यक्तिहरुलाई पुस ३ गते (आज) सामान लिन बोलाएका थिए। तर पसलमा ताला लगाईएको छ। अग्रिम रकम बुझाउनेलाई प्यान नम्बर र मोवाईल नम्बरसहित विल दिएपनि उक्त प्यान विलमा भने अर्कैको नाम देखिन्छ भने ट्रेडर्सका सम्बन्धित व्यक्तिको मोवाईल स्विच अफ गरिएको छ।

व्यापारी भागेपछि उपभोक्ताहरु विहानैदेखि पसल घेरेर बसेका छन्। केहि दिन पहिले ठगी गरेको उजुरी गरेपछि प्रहरीले ति व्यापारीलाई पक्राउ गरेको थियो। प्रक्रिया अनुसार नै पसल सञ्चालन गरेको भन्दै केही दिनपछि उनी थुनामुक्त भएका थिए।

उपभोक्ता र अन्य व्यवसायीले ठगी गरेको र गैरकानुनी हिसावमा व्यवसाय चलाएको आरोप लगाउँदै कर कार्यालयमासमेत उजुरी हालेका थिए। तर अहिलेसम्म कुनै कानुनी कदम नचालेपछि व्यापारी भागेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell