PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतमा विधानसभा निर्वाचनः गुजरातमा विजेपीलाई टक्कर दिँदै कांग्रेस



पहिलोपोस्ट

भारतमा विधानसभा निर्वाचनः गुजरातमा विजेपीलाई टक्कर दिँदै कांग्रेस
फोटो श्रोतःjpkee.com

नयाँदिल्ली :  भारतमा विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ। 

हिमाञ्चल प्रदेश र गुजरातमा निकै कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु गरिएको बताइएको छ। मत गणनाको पछिल्लो परिणामअनुसार ती दुबै राज्यमा भारतीय जनता पार्टी (विजेपी) ले धेरै स्थानमा अग्रता लिइरहेको छ। 

विजेपीलाई भारतीय राष्ट्रिय कांग्रेसले पछ्याइरहेको छ। तर गुजरातको यस निर्वाचनलाई कांग्रेसले विजेपीलाई टक्कर दिएको रुपमा हेरिएको छ। गुराजत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश हो। 

यसअघिको संसदीय निर्वाचनमा देशभरिबाट बढारिएको कांग्रेसले मोदीको प्रदेशमा दिएको यो टक्करलाई महत्वाका साथ हेरिएको छ। 

मतगणनाको पछिल्लो परिणामअनुसार गुजरातको १८२ स्थानमध्ये विजेपीकै अग्रता छ। उसले १०३ स्थानमा अग्रता लिएको छ। 

साथै उसलाई टक्कर दिइरहेको कांग्रेसले पनि ७७ स्थानमा अग्रता कायम गरेको छ। हुनत कांग्रेस पछि नै छ तर गुजरातमा दिएको यो टक्कर कांग्रेसका लागि ठूलो उपलब्धि भएको विश्लेषकहरुको भनाई छ। 

हालैमात्र भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा राहुल गान्धी निर्वाचित भएका छन्। उनले पार्टीको नेतृत्व सम्हालेपछिको यो पहिलो निर्वाचन हो। त्यसैले कतिपय विश्लेषकहरुले भारतमा कांग्रेसको पुनरागमनको सङ्केत भएको बताएका छन्।

यता हिमाञ्चल प्रदेशमा भने कांग्रेसको साख घट्ने देखिएको छ। त्यहाँ विजेपीको ४४ र कांग्रेसको २० स्थानमा अग्रता देखिएको छ। यहाँ ६८ स्थानका लागि निर्वाचन भएको थियो। 

त्यसैले पनि अहिलेकै परिणामहरुले पछिसम्म स्थान पाउने हो भने यस परिणामलाई अनपेक्षित भनिएको छ। यसअघिको परिणामभन्दा कांग्रेसले धेरै स्थानमा विजय हासिल गर्ने देखिएको छ। 

तर निर्वाचन सम्पन्न भएपछिका सर्वेक्षणहरुले भने भारतीय जनता पार्टी नै सबैभन्दा ठूलो दलका रुपमा विजय हासिल गर्ने देखाएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell