PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चल्दैनन् सिंहदरबार भित्रका सीसी क्यामरा



सविन ढकाल

चल्दैनन् सिंहदरबार भित्रका सीसी क्यामरा

काठमाडौं : देशकै केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार। तपाईँलाई लाग्न सक्छ निकै व्यवस्थित र सुरक्षित होला। आइतवार सिंहदरबार भित्रबाटै गाडीका चारवटै पाङग्रा चोरीको घटनाले सिंहदरबार कति असुरक्षित रहेछ भन्ने पुष्टि गरिदिएको छ।

सिन्धुपाल्चोक भोटेचौर घरभएका स्थानीय विकास मन्त्रालयका उपसचिव बलदेश जोशीका गाडी चालक चन्द्रबहादुर मोक्तानले चारैवटा पाङग्रा निकाले। सेतो रङको बा २ झ २९२७ नम्बरको जिपमा चारैवटा टायर हाले र बाहिरिए। सुरक्षा खटिएका कुनै पनि सुरक्षाकर्मीले पत्तै पाएनन्।

आइतवार गाडीको पाङ्ग्रा चोरी भएको प्रहरीले पत्ता लगायो। कसले चोरी गर्‍यो? कहाँ बिक्री गर्न पुर्‍यायो? यी सबै प्रश्नको उत्तर प्रहरीले पत्ता लगायो। तर, कसरी चोरी भयो र सिंहदरबारबाट कसरी बाहिरियो भन्ने खुलेन।

सिंहदरबारभित्र जोडिएका कुनै पनि क्यामरामा मोक्तानले चोरी गर्दै गरेको दृष्य कैद भएनन्। क्यामरामा कैद भएको दृश्यमा गाडी सिंहदरबारबाट बाहिरिएको थाहा भयो तर नम्बर देखिएन। रातिको समय भएकाले क्यामरामा प्रस्ट दृश्य नदेखिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक भेषराज पाण्डेले बताए। ' राति भएकाले गाडीको नम्बर क्लोज गरेर हेर्दा नम्बर नै देखिएन,' उनले भने।

सिहंदरबार जस्तो महत्वपुर्ण प्रशासनिक केन्द्रको गेटमा समेत नाइट भिजन क्यामरा जडान गरिएको छैन। बजारमा पाउने साधारण क्यामरा जडना गरिएको छ। यस्ता क्यामराले दिउँसो भएका गतिविधिको दृश्य कैद गरे पनि रातिको भने प्रस्ट देखिँदैन।
गाडीको पाङ्ग्रा चोरी गर्ने चन्द्रबहादुर अझै फरार छन्। प्रहरीले टोली बनाएर चन्द्रबहादुरको खोजी गरिरहेको छ।





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell