PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यी हुन् इपीएलमा खेल्ने विदेशी खेलाडी



पहिलोपोस्ट

यी हुन् इपीएलमा खेल्ने विदेशी खेलाडी

काठमाडौं : बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (इपीएल) आजबाट कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुँदैछ।

विभिन्न खालका नयाँ फिचर रहेको यस प्रतियोगितामा यस पटक सबैभन्दा आकर्षण बनेका छन् विदशी खेलाडी। आयोजक इपीएल प्रालीले इपीएल खेल्ने प्रत्येक टोलीले ३ विदेशी खेलाडी राख्नै पर्ने प्रावधान राखेपछि सहभागि टोलीले पनि विदेशी खेलाड ल्याइसकेका छन्।

इपीएलमा खेल्ने ६ टोलीले ३-३ विदेशी खेलाडी ल्याउदा यहाँ कूल १८ विदेशी खेलाडी हुनेछन्। अहिलेसम्म ६ मध्ये ५ टिमले आफ्ना विदेशी खेलाडी सार्वजनकि गरिसकेका छन्। भैरहवा ग्लाडिएटरले विदेशी खेलाडीको नाम घोषणा गर्न बाँकी छ भने विराटनगर वारियर्सले २ खेलाडीमात्र सार्वजनिक गरेको छ।

आइपीएलमा खेलिसकेका दुई खेलाडीले समेत यसपटक नेपालमा इपीएल खेल्दैछन्।

श्रीलंकाका लागि २२ टेष्ट र १०९ वान डे इन्टरनेशनल म्याच खेलेका फरविज महारुफले त काठमाडौं किंग्स एलेभेनको कप्तानीनै पाएका छन्।

नेपाल आउने विदेशी खेलाडीमा भारत, पाकिस्तान र श्रीलंकन खेलाडीको बाहुल्यता रहदा वराटनगरले भने एसोसिएट राष्ट्र हङकङबाट दुई खेलाडी ल्याएको छ। पारस खड्काको कप्तानीमा रहेको विराटनगरमा हङकङक समेत कप्तान बाबर हायत अनी अंशुमन राथ रहनेछन्।

यस्तै ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रिओट्समा आइपीएल खेलेका योगेश नगर अनी सुवास भाटी र जयकिसन अनिल छन्।

काठमाडौँ एलेभेनमा महारुफसँगै श्रीलंकाका अक्षय फर्नान्डेज र भारतका सागर कुमार छन्।

चितवन टाइगर्सले तीन खेलाडी भारतबाट ल्याएको छ। जसमा सन् २००३ मा यू-१९ विश्वकप खेलेका प्रविण गुप्ताका साथै प्रमेश कुमार र सावेज खान छन्।

यस्तै पोरखामा राइनोजमा तीन पाकिस्तानी खेलाडीले खेल्नेछन्। जसमा इन्सारल्लाह, असिफ अली  र ताज वाली छन्।


कुन टिमको को विदेशी खेलाडी

काठमाडौं किंग्स एलेभेन

फरविज महारुफ, अक्षय फर्नान्डेज र सागर कुमार

 

ललितपुर प्याट्रिओट्स

योगश नागर, सुबोध भाटी र जयकिसन अनिलकुमार कोल्सावाला

 

चितवन टाइगर्स

प्रविण गुप्ता, सावेज खान र प्रमेश कुमार

 

विराटनगर वारियर्स

बाबर हयात, अंशुमन रथ (हङकङ राष्ट्रिय टिम)

 

पोखरा राइनोस

इन्सारल्लाह, असिफ अली, ताज वाली

 

भैरहवा ग्लाडिएटर

घोषणा हुन बाँकी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell